Jilla Ban Notis

बर्दघाट खानेपानी सुरक्षा योजना समिति द्धारा सरसफाई सामाग्री बितरण ।

0 29

बर्दघाट,मंसीर–१७
रामु भुसाल
पश्चिम नवलपरासीको बर्दघाट ४ मा स्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ताा संस्था अनतर्गत खानेपानी सुरक्षा योजना समिति द्धारा बुधबार बिध्यालय स्तरिय कोभिड १९ एवं सरसफाई सामाग्री बितरण र जनचेतना अभिबृद्धि कार्यक्रम बर्दघाट ४ दिव्यनगर स्थित नव दिव्यज्योती प्रा।वी मा सम्पन्न भएको छ ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ताा संस्था का उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समितिका संयोजक दिपक लम्सालको अध्यक्षता एवं बर्दघाट नगरmपालिकाका नगर प्रवक्ताा एवं वार्ड नं। ४ वार्ड अध्यक्ष रविन्द्र बिक्रम हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले संस्थाले बितरण गर्ने खानेपानी शुद्ध भएपनि त्यस्को भण्डारण र प्रयोगमा उच्च सतर्कता अपनाउनु पर्ने र सरसफाईमा बिशेष ध्यान दिन सके अधिकांश रोगहरु बाट बच्न सकिने बताउदै संस्थाले सरसफाईमा समेत बिशेष ध्यान दिनु पर्ने बताउनु भयो ।

उक्त अवसरमा संस्थाको पृष्ठ भुमी र गरेका क्रियाकलापका बारेमा संस्थाका ब्यबस्थापक बिस्नु भुषालले जानकारी गराउनु भएको कार्यक्रममा नव दिव्य ज्योती प्रा।वी का अध्यक्ष रामचन्द्र अधिकारी संस्थाका पुर्व उपाध्यक्ष तारा राना थापा ,शान्तीनगर टोल बिकास संस्थाका अध्यक्ष सोबीर पुन लगायतले सरसफाई र खानेपानीको महत्तवका बारेमा मनतव्य राख्नु भएको थियो ।

कार्यक्रममा बिध्यालयलाई स्वास्थ्य सामाग्री अन्तर्गत माक्स , साबुन,हार्पिक , डस्टविन ,कुचो , लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको थियोे । कार्यक्रममा सुरक्षा समितिका सदस्य स्वास्थ्यकर्मी कृष्ण हरि पौडेलले कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य समबन्धि जानकारी गराउदै सहभागीलाई हात धुने तरिका बताउनु भएको थियो । कार्यक्रममा सुरक्षा समितिका सदस्यगिता शर्माको स्वागत मनतव्य रहेको थियो ।

Leave A Reply

Your email address will not be published.