Jilla Ban Notis

बर्दघाट खानेपानी संस्थाले गर्यो टोल विकास संस्थाहरुसंग सुझाव संकलन तथा अन्तरक्रिया ।

0 16

बर्दघाट,असार–१२
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगतको खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा आयोजना क्षेत्रभित्रका टोल विकास संस्थाहरुसंगको सुझाव संकलन तथा अन्तरक्रिया शुक्रवार सम्पन्न भएको छ । संस्थाको सभाहलमा भएको अन्तरक्रियामा बर्दघाट वडा नम्बर ४ अन्तरगत रहेका टोल विकास संस्थाका अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागिता संस्थाका उपाध्यक्ष एंव खानेपानी सुरक्षा योजना टोलीका संयोजक दीपक लम्सालले बताउनुभयो । कार्यक्रममा लम्सालले टोल विकास संस्थाहरुको सहकार्य विना खानेपानी तथा सरसफाईको क्षेत्र अपुरो हुने भएकोले सहकार्यको आवश्यकता महसुस गरेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले टोल विकास संस्थाहरुसंग खानेपानी संस्था संगसगै जान चाहेको हुदाँ त्यसको महत्वबोध भएका हुदाँ टोल टोलमा हुने खानेपानी तथा सरसफाईका कार्यक्रममा टोल विकास संस्थाले भुमिका खेल्नुपर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका ब्यवस्थापक बिष्णु कुमार भुसालले सहजीकरण गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा बर्दघाट बजार विकास समितिकाअ अध्यक्ष सोभाकान्त कोईराला ( शिव ) टोल विकाससंस्थाहरुको तर्फबाट कदम बहादुर जिसी डिलाराम चालिसे,रमेश ज्ञवाली, इन्दिरा सार्की, काशीराम न्यौपाने,सोविर पुन, मनबहादुर पुनलगायतले सुझाव राख्नुभएको थियो । त्यस्तै कार्यक्रममा संस्थाका कार्य समिति सदस्य गणेश बहादुर क्षेत्री खानेपानी सुरक्षा योजना टोलीका सदस्य कृष्णहरि पौडेल बाबुराम घिमिरेलगायतले बोल्नुभएको थियो ।कार्यक्रम संस्थाका उपाध्यक्ष एंव खानेपानी सुरक्षा योजना टोलीका संयोजक दीपक लम्सालको अध्यक्षता सचिव धनबहादुर गुरुंगको संचालनमा भएको थियो ।
त्यस्तै संस्थाको हालै भएको नियमित बैठकले धनबहादुर गुरुंगको संयोजकत्वमा कालीदास पाण्डे र रेनुका खत्री रहेको तीन सदस्सीय निर्माण समिति गठन गरेको संस्थाका अध्यक्ष धातानन्द बस्यालले जानकारी दिनुभयो । संस्थाको मंगलवार भएको बैठकले खानेपानी सुरक्षा योजना टोलीले दिएका सुझावलाई ग्रहण गर्दै सो सुझावलाई निर्माण समिति मार्फत कार्यान्वयन गर्ने तयारी गरिएको उपाध्याक्ष  लम्सालको भनाई छ ।  टोलीले मुहान अनुगमन पछि संस्थालाई बिभिन्न सुझाव दिएको थियो । टोलीले खानेपानी सुरक्षा सम्बन्धि कार्ययोजना समेत बनाएको थियो ।

Leave A Reply

Your email address will not be published.