Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा सुवेदी र वस्याल भिड्दै ।

0 151

कृष्ण ढकाल
बर्दघाट,फागुन–२
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाट नवलपरासीको आठौ अधिबेशनका लागि उपभोक्ता समिति चयन गर्न सहमति गर्ने भनीएपनि अन्तत् सहमति हुन नसकेपछि निर्वाचन नै हुने पक्का भएको छ । जस्का लागि नगरमा क्रियासिल राजनितिक दलहरुले चार नंम्वर वडामा रहेका आ–आफ्ना दलका तर्फवाट खानेपानी संस्थामा प्रतिनिधि पठाउनका लागि नाम सिफारीस गरीसकेकाछन् । संस्थामा प्रतिनिधि पठाउनेक्रममा भने नेकपा निकटका प्रतिनिधिहरुले आफ्नो एकल प्यालन तयार गरेका छन् भने अन्य साना पार्टीहरुलाई लिएर नेपाली काँन्ग्रसले एउटा प्यानल बनाएको छ । यसरी दुई प्यालनमा प्रतिष्पद्र्या हुनेगरी बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाटको नेतृत्व चयनको प्रक्रिया अगाडी बढ्दै छ ।

यसरी नेकपाले आफ्नो प्यालनवाट प्रदिप सुवेदीलाई अध्यक्ष,दिपक लम्साल उपाध्यक्ष,सृजना आचार्य सचिव र सरस्वती पन्थ कंडेललाई कोषाध्यक्षमा पठाउने निर्णय गरेको छ । त्यसैगरी सदस्यहरुमा चन्दन थारु,ईन्द्र बहादुर वि.क,बसन्ती थपा र शक्ति पौडेललाई अघि सारेको छ । त्यसैगरी लेखा संयोजकमा विपिन आले र सदस्यहरुमा कमला लम्साल,शोभा सुवेदीलाई पठाउनेगरी निर्णय गरेको नेकपाका कार्यदल संयोजक रामानन्द यादवले गाउँले दर्पण अनलाईनलाई बताउनु भएको छ । उहांका अनुसार पार्टीको कार्यदलको निर्णयले नामसिफारीस गरीएकाले त्यसमा कुनै पनि फेरबदल नहुनेभएकाले त्यहीअनुसार सिफारीस गरीएका ब्यक्तिहरुलाई जिताउनका लागि पार्टीले सकुर्लर समेत गरेकाले यदि पार्टीको निर्णय विपरीत पार्टीका कुनै सदस्यले कार्य गरेको पाईएमा कावार्हि गरीने पनि बताउनु भएको छ । बजारमा कार्यदलमा मनमुटाव भएर कार्यदलवाट राजिनामा दिएको हल्ला आएको विषयमा जिज्ञासा राख्दा सबैकाम टुंगो लगाएर आफु पार्टीको कार्य वेस्तताले सह संयोजकलाई जिम्मा दिएर हिडेको बताउनु भएको छ ।

यता नेपाली काँग्रेसले पनि अन्य सानादलहरुसंग सहकार्यगरी घातानन्द वस्यालको नेतृत्वमा संस्थाको उपभोक्ता समिति चयनप्रिक्रियामा जाने निर्णय गरेको छ । सत्तामा रहेको ठूलोदलले अध्यक्ष आफुले राखेरमात्र सहमति गर्ने प्रस्ताव अघिसारेपछि सहमति हुन नसकेर आफुहरुले पनि प्यानल बनाउन वाध्यभएको नेपाली काँग्रेसका संघसस्था नगरकार्यदलका संयोजक दामोदर जिसिले बताउनु भएको छ । प्रजातान्त्रीक विधिवाट अघिबढ्नका लागि आफुहरुले पनि नगरमा क्रिया सिलपार्टीहरु मध्ये नेकपा वाहेकका सबै दलहरुसंग सहकार्य गरेर आफुहरुले साझा पाटीका उमेदवारहरुलाई अघि सारेको बताउनु भएको छ । उहांका अनुसार नेपाली काँन्ग्रेसको तर्फवाट अध्यक्षमा घातानन्द वस्याल,उपाध्यक्षमा रमेश कुमार श्रेष्ठ,सचिवमा धन बहादुर गुरुङ्ग र कोषाध्यक्षमा थुमा वस्याल जानुहुने भएको छ भने सदस्यहरुमा कालिदास पाण्डे(कष्ण) भुषहि प्रसाद चौधरी थारु(सागर) मंगलेसार्की(विष्णु गैरे) रेनुका खत्री र सिता गुरुङ्गलाई अघिसारेको छ । भने लेखा समितिको संयोजकमा गोपाल पाण्डे र सदस्यमा बसन्ती चौधरी,पूर्ण बहादुर सारु जानेहुनु भएको छ ।

Leave A Reply

Your email address will not be published.