Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाटको कार्य प्रगति बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

0 19

रामु भुषाल
बर्दघाट,माघ ३
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघा ४ पश्चिम नवलपरासीको आयोजनामा सस्थाको कार्य प्रगति बारे अन्तरक्रिया कार्यक्रम शुक्रबार सस्थाको सभाहलमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष ईन्द्र कुमार रानाको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, वडा नम्बर ४ का वडाध्यक्ष एवं बर्दघाट नगर प्रवक्ता रविन्द्र विक्रम हमाल लगाएतको आतिथ्यतामा सम्पन्न अन्र्तकृया कार्यक्रममा बोल्दै अध्यक्ष रानाले सस्थाले गत आर्थिक बर्षमा भए गरेका कार्य प्रगति, चुनौती र समस्याका बारेमा जानकारी गराउदै भावी योजना समेत प्रस्तुत गर्नुभएको थियो ।  सो अवसरमा बोल्दै बर्दघाट नगर प्रमख बस्यालले बर्दघाट क्षेत्रको खानेपानीले निकै राम्रो कार्य गरेको भन्दै सस्थाले आर्थिक आम्दानीका लागी श्रोत खोजी गरि आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । साथै उहाँले बर्दघाट नगरपालिकाका सबै वडामा शुद्ध खानेपानी पुर्याउन आफ प्रयासरत रहेको र सम्बन्धित निकायसंग समन्वय भइरहेको बताउनुभयो । उक्त कार्यक्रममा समाजसेवी, बुद्धिजिवी, राजनितिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगाएत सस्थाका सल्लाहकार, कार्य समिति तथा सुरक्षा समितिका पदाधिकारी, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो । अन्र्तकृया कार्यक्रममा सहभागिहरुले शुद्ध खानेपानी ब्यवस्थापन गर्न र पुर्ण सरसफाईलाई कार्यान्वयन गर्न सरोकारवालासंग समन्वय गरि अघि बढ्नुपर्ने सुझाव समेत दिएका थिए । यही माघ २८ गते हुने सस्थाको अधिबेशनलाई लक्षित गरि सरोकारवालाहरुसंग अन्र्तकृया गरिएको जनाइएको छ । दुई वटा मुहान र तिन वटा डिप बोरिंगबाट पानी संकलन गरि पानीको उपचार पछी पानी वितरण गरिएको र बर्दघाट ४ मा अवस्थित बर्दघाट खानेपानी संस्थाले वडाभित्रका करिब ३ हजार ५ सय ५० घरधुरीमध्य ३ हजार ५ सय १६ घरधुरीलाई २४ सै घण्टा पानी वितरण गरेको र संस्थाको लक्ष्य अनुसार वडाको सम्पुर्ण घरधुरीमा स्वच्छ पानी पुर्याउने योजना रहेकोमा यस वडाका ९९ प्रतिशत घरधुरमिा खानेपानी पुगेको र आगामी बर्ष सबै घरधुरीमा शतप्रतिशत स्वच्छ खानेपानी पुर्याउने लक्ष्य राखिएको साथै खानेपानी सुरक्षा योजना समिती गठन गरि संस्थाद्धारा वितरित पानीलाई सफा, स्वच्छ र सुरक्षित बनाउन प्रयासरत रहेको संस्थाका व्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.