Jilla Ban Notis

बर्दघाट खानेपानी संस्थाले असार महिनाको न्यूनतम पानी महशुल छुटगर्ने ।

0 38

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१३
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कोभिड–१९ को प्रकोपको प्रभावलाई मध्ये नजर गर्दै आगामी असार महिनाको न्यूनतम पानी महशुल छुट गर्ने भएको छ । संस्थाको जेष्ठ ११ गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको संस्थाका अध्यक्ष्ँ धातानन्द बस्यालले बताउनु भएको छ ।
संस्थाले आफ्ना उपभोक्ताहरुवाट मासिक न्युनतम १ सय १० रुपैया लिदै आएको थियो । त्यसैगरी कोभिडका कारण भएको बन्दा–बन्दी अर्थात लकडाउनको समय अवधीभर पानीको महशुलमा विलम्ब शुल्क नलिने निर्णय समेत गरेको सँस्थाका उपाध्यक्ष दिपक लम्सालले बताउनु भएको छ ।

यसअघि बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बर्दघाट नगरपालिकाले बर्दघाट–२,चिसापानीको आइसोलेसन सेन्टरमा खानेपानी ब्यवस्थापनको लागि खानेपानी टँकी स्टाण्ड लगायत अन्य सामाग्रीहरु समेत जडान गरी सामाजिक उत्तरदायित्व बहनगरेको संस्थाका ब्यबस्थापक विष्णु कुमार भुषालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.