Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको वार्षीक साधारण सभा सम्पन्न् ।

0 55

माधब प्रसाद घिमिरे
बर्दघाट,फागुन–११
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २० औं वार्षीक साधारण सभा सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता र बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उक्त सभा सम्पन्न् भएको थियो ।
संस्थाकी कार्यसमिति सदस्य सुमित्रा थापाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव धन बहादुर गुरुङ्गले गर्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाकी उप प्रमुख माया पौडेल,प्रमुख प्रशासकिय अधिकृत मेघराज पाध्याय,संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना रुपन्देहीका प्रमुख शालिकराम पौडेल , संस्थाका सल्लाहकारहरु लगाएत विभिन्न सामजिक संघ संस्थाका प्रतिनिधिहरु र समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्षको प्रतिवेदन,कोषाध्यक्षको प्रतिवेदन,सुरक्षा योजना समितिको प्रतिवेदनहरु प्रस्तुत गरीएको थियो भने बिभिन्न बक्ताहरुले संस्थाले गरेका कामहरु प्रति धन्यवाद प्रकट गरेका थिए ।

Leave A Reply

Your email address will not be published.