Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा जनचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न ।

0 27

बर्दघाट,मंसीर–२३
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गतको खानेपानी सुरक्षा योजना समितिले बर्दघाट वडा नं ४ को स्मृतीनगरमा जनचेतना अभिबृद्धि सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कोभिड १९ का वारेमा सचेतना प्रदान गर्नुका साथै खानेपानी र सरसफाईका वारेमा समेत जानकारी प्रदान गरीएको थियो । त्यसैगरी स्थानीय टोल विकास समितिलाई सरसफाई सामाग्री बितरण गरीएको थियो ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा सञ्चालित खानेपानी सुरक्षा योजना समितिका सदस्य तारा परियारको अध्यक्षता र बर्दघाट नगरपालिकाका वार्ड नं। ४ का वाडाध्यक्ष रविन्द्र बिक्रम हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि हमालले सस्थाले शुद्ध खानेपानी मुहान देखि मुख सम्म पुर्याउने प्रमुख लक्ष्यका साथ हरेक सरसफाईका पाटाहरुमा समेत राम्रो काम गरेको बताउनु भएको थियो । उहांले नेपालकै उत्कृष्ट संस्था बनाउन सफल भएको बताउदै यसकार्यलाई निरन्तरताका लागि आग्रह समेत गर्नुभएको थियो ।

त्यसैगरी संस्थाका अध्यक्ष एवं कार्यक्रमका विशेष आतिथथी धातानन्द बस्यालले सचेतनामुलक कार्यक्रम संस्थाले ४ स्थानमा गरेको जानकारी गराउनु भएको थियो । उहांले संस्थाले टोलको सरसफाईका लागि दिएको सामाग्रीको सहि सदुपयोग गर्न आग्रह समेत गर्नुभएको थियो भने संस्थाको पृष्ठ भुमी र सस्थाले गरेका क्रियाकलापका बारेमा ब्यबस्थापक बिस्नु भुषालले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा स्मृतीनगर टोल विकास सस्थाका अध्यक्ष रमेश ज्ञवली, सस्थाका कार्य समिति सदस्य गणेश बहादुर क्षेत्री लगायतले सरसफाई र खानेपानीको महत्तवका बारेमा मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स्मृती टोललाई विशेष अतिथि बस्यालले स्वास्थ्य सामाग्री अन्तर्गत साबुन, कुचो, बेल्चा, कोदालो, र फोहर उठाउने ठेला लगायत जनचेतनामुलक बोर्ड हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा सुरक्षा समितिका सदस्य स्वास्थ्यकर्मी कृष्ण हरि पौडेलले कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य समबन्धि जानकारी गराउनु भएको थियो ।
सुरक्षा समिति सदस्य गोमा खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव धन बहादुर गुरुंगले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.