Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा ढल तथा नाला सफा ।

0 35

कृष्ण ढकाल
बर्दघाट,भदौं–२४
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगत खानेपानी सुरक्षा योजनाले संचालन गरेको सरसफाई कार्यक्रम अनुसार सार्वजनिक स्थलको सरसफाई गर्ने कार्य सम्पन्न् गरेको छ ।
सरसफाई कार्यक्रम अनुसार बर्दघाटको दाउन्नेदेवि मा बि र दाउन्नेदेवि क्याम्पस को दक्षिण पट्टि को करिब ४ सय मिटर पक्की नालासफाई गर्नेकार्य सम्पन्न् गरेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष्ँ धातानन्द बस्यालले बताउनु भएको छ । सडकको उत्तर साईडमा ढल र नाला तथा बिधालय क्षेत्र भएको र सार्वजनिक जग्गा भएको हुनाले उपभोक्ता को माग अनुसार सरसफाइ गरिएको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजनाका संयोजक दिपक लम्सालले बताउनु भएको छ । सो स्थानको सफाई गर्ने क्रममा संस्थाका सन्चालक समिति टोल बिकास संस्था र स्थानिय उपभोक्ता हरुले सहजिकरण र अनुगमन समेत गरेको बताईएको छ । 

यता दाउन्नेदेवि मा.बि.का प्र.अ. चिरञ्जीवी खनालले सडकको उत्तर साईड अर्थात आफ्नो बिधालय को पछिल्लो भागको ढल र नाला सफा गरेर विद्यालयको सुन्दरता बढाउन तथा दुर्गन्ध हटाउनमा सहयोग गरेकोमा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थालाई धन्यवाद दिदै उत्तर तिरको ढल र नाला सफा नगर्दा सम्म अझै विद्यालयमा दुर्गन्धको वातावरण कायमै रहने बताउनु भएको छ । उहांले त्यसैगरी उत्तरतर्फको ढल र नला सफागर्नका लागि स्थानियवासी तथा सरोकारवालले ध्यानदिएमा राम्रो हुने समेत बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.