Jilla Ban Notis

बर्दघाट उद्योग बाणिज्य संघद्धारा ५१ हजार रुपैयाँ आर्थिक सहयोग ।

0 18

फूलकुमारी ढकाल
बर्दघाट,चैत्र–२६
बर्दघाट नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा बर्दघाट उद्योग बाणिज्य संघले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ  । कोरोना रोकथामका लागी संघले आज बुधबार बर्दघाट नगरपालिका पुगेर उक्त आर्थिक सहयोग गरेको हो । बर्दघाट उद्योग बाणिज्य संघ अध्यक्ष लेखनाथ न्यौपाने र महासचिव दिनेश न्यौपाने सहीतको नेतृत्वमा नगरपालिका गएको  टोलिले नगर प्रमुख धिरज शर्मा बस्याललाई  ५१  हजार  रुपैयाँको चेक हस्तान्त्रण गरेको थियो । कोरोना भाईरसको संक्रमणवाट वच्नका लागी गरिएको लक डाउनका कारण बर्दघाट नगरक्षेत्र भित्रका कुनै पनि गरीब ,अतिविपन्न तथा ज्यालामज्दुरी गरेर खाने घरपरिवारहरुका लागी राहत वितरणमा सहयोग पुगोस भन्ने हेतुले उक्त आर्थिक सहयोग गरेको अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.