Jilla Ban Notis

बर्दघाट उद्योग बाणिज्य संघद्धारा संघमा आबद्ध सदस्य व्यवसायीहरुको निःशुल्क कोरोना बिमा गर्ने ।

0 15

बर्दघाट,जेष्ठ–१६
विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नेपालका विभिन्न जिल्लामा फैलन थालेपछी पश्चिम नवलपरासी जिल्लाको बर्दघाट उद्योग बाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरुको निः शुल्क कोरोना बिमा गर्ने बताएको छ । संघको शुक्रबार सम्पन्न बैठक अनुसार चालु आर्थिक बर्षमा नविकरण भएका सदस्यहरुको कोरोना बिमा गरिदिने निर्णय गरेको छ । संघमा आवद्ध सदस्यहरु मध्य नविकरण नगरेका सदस्यहरुको हकमा भने जेठ १८ गते देखि २५ गते भित्र नविकरण गर्न सकिने र कोरोना बिमाको सुविधा लिन सकिने निर्णय गरिएको छ । जेठ २५ पछि निविकरण गर्न आउने सदस्यको बिमा गर्न नसकिने संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनुभएको छ । संघले सदस्यहरुको ५० हजार बराबरको बिमा गरिदिने र नविकरण शुल्क बाहेक बिमाका लागि अतिरिक्त शुल्क नलिने बताउदै संघका महासचिव दिनेश न्यौपानेले बिमा कम्पनीलाई बुझाउनुपर्ने रकम संघ आफैले बेहोर्ने बताउनुभएको छ । संघमा रहेका सबै सदस्यहरुले तोकेको समयमा नविकरण गरे झण्डै १३ सय भन्दा बढी सदस्यहरु लाभान्वित हुने संघका सचिव दामोदर पाण्डे (निर्मल) ले बताउनु भएको छ । बिमा बापतको रकम बिमित व्यक्ति कोरोना संक्रमण पुष्टि भएमा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । पछिल्लो समय कोरोेना संक्रमण हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि विभिन्न संघ संस्थाहरुले आफ्ना सदस्य तथा कर्मचारीहरुको कोरोना बिमा गर्ने क्रम बढ्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.