Jilla Ban Notis

बर्दघाट उद्योग बाणिज्य संघद्धारा बर्दघाटमा बजार अनुगमन ।

0 22

फूलकुमारी ढकाल
बर्दघाट,चैत्र–२६
बर्दघाट उद्योग बाणिज्य संघले नगरक्षेत्रमा अतिआवश्यक पसलहरु जुन संचालनमा रहेका छन् ति पसलहरुमा अनुगमन गरेको छ । लक डाउन शुरुभएसंगै बजार अनुगमनलाई तिव्रता दिएको बर्दघाट उद्योग वाणीज्य संघले आज फेरी अनुगमन गरीएको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष न्यौपानेले गाउंले दर्पण अनलाईनलाई बताउनु भएको छ । अहिले बर्दघाट बजारमा संचालनमा रहेका पसलहरुमा कालो बजारी बढेको र म्याद सकिएका वस्तु एवं गुणस्तरहिन वस्तुहरु विक्रिवितरण गरेको भन्ने गुनासो आएपनि आफुहरुले गनुगमन गर्नेक्रममा त्यस्तो कुनै अनियमितता र गुणस्तरहिन वस्तु विक्रि वितरण भएको नपाईएको संघका महिसचिव दिनेश न्यौपानेले बताउनु भएको छ । उहांले अनुगमनका क्रममा केहि सामानमा मुल्य नभएको र केहि सामानको उपभोग्य मिति सकिएको पाईएकाले त्यसस्ता वस्तुहरुको विक्रि वितरण नर्ग आग्रह गरेको संघका महासचिव न्यौपानेले बताउनु भयो । अनुगमनका क्रममा बर्दघाट उद्योग बाणिज्य संघका पदाधिकारी,नगरपालिकाका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । सोही क्रममा  अनुगमन गरीएका पसलहरुमा सबैले मुल्य सुचि राखेको नपाईएकाले अब आज देखि सबैले अनिवार्य रुपमा आफुले विक्रि गर्ने वस्तुहरुको मूल्य सुचि पसल अगाडी सबैले देखिने गरी राख्न समेत अनुरोध गरेको अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.