Jilla Ban Notis

बर्दघाट ईनलाईटेण्ड ईङ्गलिस स्कुल बर्दघाट,दुई चिसापानीको रजत महोत्सवको दोस्रो दिन आज विभिन्न कार्यक्रमहरु सम्पन्न् ।

0 21

कृष्ण ढकाल
बर्दघाट,फागुन–५
बर्दघाट ईनलाईटेण्ड ईङ्गलिस स्कुल बर्दघाट–२ चिसापानीको रजत महोत्सवको दोस्रो दिन आज विभिन्न कार्यक्रमहरु सम्पन्न् भएका छन् । रजत महोत्सव कार्यक्रम अन्र्तगत आज विहान स्कुल वरपरका टोलहरुमा सरसफाईको कार्यक्रम सम्पन्न् भएको छ । बर्दघाट नगरपालिका वडा नंम्वर २ की वडाध्यक्ष दर्या दर्लामीले विरुवामा पानी हालेर सडक सफा गर्दै सो कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । स्थानियवासी,विद्यालयका अभिभावक तथा शिक्षक कर्मचारीहरुको समेत सहभागिता रहेको विद्यालयका शिक्षक तथा शैक्षिक ब्यवस्थापन प्रमुख किश्वर गैरेले जानकारी दिनु भएको छ । सोही अवसरमा विद्यालय वरपरका चोक–चोकमा फोहर संकलनका लागि ९ वटा डस्विन समेत वितरण गरेको छ भने मन्दिरका लागि दुई वटा डस्विन प्रदान गरीएको विद्यालयले जनाएको छ ।

त्यसैगरी आज नै विद्यालयका अभिभावकहरु विच म्यूजिकल चियर प्रतियोगिता समेत सम्पन्न् गरीएको शिक्षक गैरेले जानकारी दिनु भयो । जस्मा तुलसा पाण्डे प्रर्थम,कमला पुन द्धितिय र गंगा भुर्तेल तृतिय हुन सफल हुनु भएको छ ।    बर्दघाट ईनलाईटेण्ड ईङ्गलिस स्कुल बर्दघाट–२ चिसापानीको रजत महोत्सवकै अवसरमा विद्यालयको ईनलाईटेण्ड हेल्थ क्लवले आज नै चिसापानीको चोकमा अन्धविश्वास नामक सडक नाटक मञ्च नगरेको छ ।

समाजमा हुने अन्धविश्वास र त्यसले हाम्रो समाजमा पारेको असरका वारेमा केन्द्रीतर रहेर तयार पारीएको सडक नाटकमा विद्यालयका विद्यार्थीहरुले आफ्नो कता प्रस्तुत गरेको विद्यालयका भाईसप्रिन्सीपल नविन कंडेलले जानकारी दिनु भएको छ । रजत महोत्सवको अन्तीम दिन अर्थात भोली मंगलवार विविध कार्यक्रम सहित समापन गर्ने र विद्यालयले प्रकासन गरेको रजत पुस्तकको विमोचन गर्ने कार्यक्रम रहेको विद्यालयका प्रिन्सिपल ईश्वरी प्रसाद कंडेलले जानकारी दिनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.