Jilla Ban Notis

बर्दघाट ईनलाईटेण्ड ईङ्गलिस स्कुलको रजत महोत्सव शुरु ।

संस्थागत विद्यालयहरुको प्रतिफल सामुदायिक विद्यालयहरुले खाने मौकापाए ः न्यौपाने

0 38

कृष्ण ढकाल
बर्दघाट,फागुन–४
संस्थागत विद्यालयहरुले उत्पादन गरेका विद्यार्थीहरुको प्रतिफल लिएर सामुदायिक विद्यालयहरुले आफुलाई सफल विद्यालयका रुपमा परिचत गराउने मौका पाएको प्याप्सन नेपालका केन्द्रीय सदस्य सुवर्ण न्यौपानेले बताउनु भएको छ । अभिभावकहरुले आफ्नो आर्थिक भारखेप्न नसकेर निमावि तह पुगेपछि सामुदायिक विद्यालयहरुमा भर्ना गर्ने गरेकै कारण त्यसको प्रतिफल सामुदायिक विद्यालयहरुले लिनेगरेको बताउनु भएको हो । बर्दघमट–२ चिसापानीमा रहेको बर्दघाट ईनलाईटेण्ड ईङ्गलिस स्कुलको रजत महोत्सवको समुद्घाटन समारोहलाई सम्वोधनगर्दै केन्द्रयि सदस्य न्यौपानेले उक्त कुरा बताउनु भएको हो ।   त्यसैगरी प्याप्सन नवलपरासी जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्गले बर्दघाट २ मा रहेको ईनलाईटेण्ड ईङ्गलिस स्कुल नगरकै एउटा नमुना स्कुल रहेको बताउदै शैक्षिक क्षेत्रमा संख्यात्मक भन्दा पनि गुणत्मक र क्वालिटी युक्त शिक्षा प्रदानमा मात्र ध्यान दिने संस्थागत विद्यालयका रुपमा परिचित भएको भन्दै खुलेर प्रसंसा गर्नु भएको थियो ।


बर्दघाट ईनलाईटेण्ड ईङ्गलिस स्कुलका प्रिन्सीपल इशर््वरी प्रसाद कंडेलको अध्यक्षता र प्याप्सन नेपालका केन्द्रीय सदस्य सुवर्ण न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न् उद्घाटन कार्यक्रममा प्याप्सन जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्ग,जिसन नवलपरासी अध्यक्ष धनराज चापागाई,प्याप्सन बर्दघाट नगर अध्यक्ष गोपाल आले,लिलाराम अधिकारी,चेतनारायण पाण्डे लगाएतको सो अवसरमा उपस्थिती रहेको थियो । सफल सापकोटाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन शिक्षक किश्वर गैरे र दिलशिखा श्रेष्ठको संचालनमा सम्पन्न् भएको थियो । रजत महोत्सवका सन्र्दभमा आयोजना गरीएका कार्यक्रम अनुसार भोली सोमवार विद्यालय सेरोफेरोमा सरसफाई गर्ने र चिसापानी चोकमा सडक नाट्क मञ्चन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी पर्सि मंगलवार विविध कार्यक्रम सहित समापन गर्ने र विद्यालयले प्रकासन गरेको रजत पुस्तकको विमोचन गर्ने कार्यक्रम रहेको विद्यालयका प्रिन्सिपल ईश्वरी प्रसाद कंडेलले जानकारी दिनु भएको छ ।

 

रक्तदान कार्यक्रम सम्पन्न् । 

त्यसैगरी आईतवार नै विद्यालयमा रहेको ईनलाईटेण्ड हेल्थ क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न् भएको छ । नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा नवलपरासी र चिसापानी अस्पताल बर्दघाटको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न् भएको थियो । रक्तदान कार्यक्रममा २० युनिट रगत संकलन भएको विद्यालयका शिक्षक नविन कंडेलले जानकारी दिनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.