Jilla Ban Notis

बर्दघाटमा स्वाब संकलन गरिएका सबै पत्रकारहरुको रिपोर्ट नेगेटिभ

0 16

कृष्ण ढकाल
बर्दघाट,भदौं–१२
नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका संचार गृहहरुमा कार्यरत पत्रकारहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । बर्दघाट नगरपालिकाको समन्वयमा नगरमा रहेका संचार गृहहरुवाट एक / एक जना क्रियाशिल पत्रकारहरुको कोरोना परीक्षणगर्दा ६ जना पत्रकारहरुकै रिपोर्ट नेगेटिभ आएको छ।
गत बुधबार बर्दघाटमा स्वाब संकलन गरिएका ५७ जना मध्य ४५ जना को रिपोर्ट नेगेटिभ आएको छ भने वांकीको रिपोट आउन वांकी रहेको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भएको छ । जस्मा ६ जना पत्रकारहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । अग्रपंक्तिमा रहेर कामगर्ने पत्रकारहरुको समेत जोखिम बढ्दो अवस्थालाई मध्य नजर गर्दै क्रियाशिल पत्रकारहरुको कोरोनापरिक्षण गरिएको थियो । फिल्डमा कामगर्दा बढ्दो जोखिमका कारण पत्रकारले समेत मानसिक त्रास बोक्नु पर्ने भएकाले त्यसको अन्त्य र आफ्नो स्वास्थ्यका बारे जानकारी लिन समेत सहज हुने भएकोले बर्दघाट नगरमा रहेका प्रत्येक संचार माध्यामवाट नमुनाका रुपमा एक जना क्रियाशिल पत्रकारको कोरोनापरिक्षण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.