Jilla Ban Notis

बर्दघाटमा युवाहरुका लागि एक महिने हेयर कटिङ्ग तालीम शुरु

0 38

कृष्ण ढकाल
बर्दघाट,चैत्र–९
पिस लुम्बिनी कलेज अफ टेक्निकल एजुकेशन प्रा.लि. बुटवलको आयोजनामा बर्दघाटमा युवाहरुका लागि एक महिने हेयर कटिङ्ग तालीम शुरु भएको छ । बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा एक महिना सम्म संचालन गरीने उक्त तालीमको आज बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले एक कार्यक्रमका विच समुद्घाटन गर्नु भएको थियो ।
तालीमको सुमद्घााटन कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले युवाहरुका लागि बढी उपयोगि रहने सिपयुक्त हेयर कटिङ्ग तालीममा उत्साहजनक सहभागिता जनाएर ब्यवसायिक बन्न सहभागिहरुलाई आग्रह गर्नु भएको थियो ।


उहांले अहिले पनि हेयर कटिङ्ग ब्यवसाय राम्रोसंग ब्यवसायिक सुविद्या सम्पन्न नभएका कारण सेवाग्राहिहरु अन्यत्रको बजारमा जाने गरेको बताउदै ति सेवाग्राहीहरुलाई बर्दघाटमा नै सेवा दिएर सन्तुष्टि दिन सक्ने खालको हेयर कटिङ्ग ब्यवसाय संचालन गर्न सक्ने बन्न सहभागिहरुलाई आग्रह गर्नु भएको थियो ।

पिस लुम्बिनी कलेज अफ टेक्निकल एजुकेशन प्रा.लि. बुटवलका संचालक मोहन ठाकुरको अध्यक्षता , नगर प्रमुख बस्यालको प्रमुख आतिथ्यता र पिस लुम्बिनीका कार्यक्रम संयोजक गोमु वि.क.को संचालनमा भएको समुद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेल, प्रमुख प्रसासकिय अधिकृत मेघनाथ पाध्यय,योजना शाखा प्रमुख पुष्कर काफ्ले लगाएतको उपस्थिती रहेको थियो ।

४५ जना हेयर कटिङ्ग तालीमका सहभागि रहेको उक्त तालीममा शिव कुमार ठाकुर प्रमुख प्रशिक्षकका रुपमा रहनु भएको छ भने सह–प्रशिक्षकका रुपमा सुस्मा पुन रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.