Jilla Ban Notis

बर्दघाटमा मासुपसल संचालन गर्ने महिला मृत अवस्थामा फेला ।

0 14

कृष्ण ढकाल
बर्दघाट,फागुन–२
बर्दघाटमा मासुपसल संचालन गर्ने एक महिला मृत अवस्थामा फेला परेकि छन्् । नगरपालिका वडा नम्वर–४ बर्दघाट बजारमा घिमिरे मासु पसल संचालन गर्दै आएको सावित्री देवि पौडेल धिमिरे मृत अवस्थामा फेला परेकी हुन । आज दिउंसो २ः३० बजे उनलाई आफ्नै घरको कोठामा मृतअवस्थामा भेटिएको बर्दघाट ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दिउंसो २ः३० बजेको समयमा घरको तल कोठामा बस्ने ब्यीक्तले धेरै समय सम्म बोलाई रहदा सावित्री घिमिरे नबोलेको र ढोका ढक–ढकाउदा पनि नखोले पछि कोठाको ढोका माथीवाट चिहाएर हेर्दा भुईमा लडेको देखेपछि अरुलाई बोलाएर ढोका खोलीएको थियो ।
ढोका खोली हेर्दा अचेत अवस्थामा देखेर स्थानिय मेडीकलमा खवरगरी आएर चेकजांच गर्दा मृत्यु भएको बताएपछि पोष्ट माटमका लागि परासी पृथ्वीचन्द्र अस्पतालमा लगीएको र त्हांवाट काठमाण्डौं रीफर गरेको बर्दघाट ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यता मृत्क घिमिरेका छोरा सो समयमा गैडाकोट गएको र घरमा नभएको मौकामा सो घट्ना भएको भन्दै घट्ना रहस्यमय हुन सक्ने स्थानियहरुले आकलन गरेका छन् । मृतक रहेको कोठा भित्रवाट बन्द रहेको र रक्सीका बोतलहरु समेत रहेको पाईएको प्रहरीले जनाएको छ । मृतक घिमिरेका श्रीमानको पनि यसअघि रहस्यमय तरीकाले प्रतापपुर क्ष्ँेत्रको एक रुखमा झुण्डीएको अवस्थामा मृत्यु भएको पाईएको थियो ।

Leave A Reply

Your email address will not be published.