Jilla Ban Notis

बर्दघाटमा चालक बन्दि गृहको शिलन्यास गरियो

0 24

बर्दघाट,फागुन–२५
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश अन्तर्गत बर्दघाट नगर कमिटिले मंगलबार ईलाका प्रहरी कार्यालय परिसर बर्दघाटमा चालक बन्दि गृहको शिलन्यास गरेको छ ।
संगठनका केन्द्रिय कमिटि प्रचार प्रसार विभागिय सदस्य एवं लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा बर्दघाट नगर कमिटिका ईन्चार्ज केशव राज पौडेलको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न् भएको थियो ।

चालक बन्दि गृहको शिलान्यास गर्दै नगर प्रमुख बस्याालले चालक पेशा मर्यादित पेशा भएको र कुनै चालकले पनि जानी–जानी दुर्घटना नगराउने हुदा घटना घटेमा चालकलाई अरु अपराध सरह राख्न नहुने बताउदै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले चालकहरुलाई स–सम्मानका साथ राख्नका लागी गृह भवन बनाउन थालिएको प्रति खुसी ब्यक्त गनु भयो । उहांले नगरको तर्फबाट सो कार्यमा सक्दो सहयोग गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश ईन्चार्ज ध्यान बहादुर राई, ईलाका प्रहरी कार्यालय बर्दघाटका ईन्चार्ज कपिल वाग्ले, नेपाल ट्रेड युनियन महासंघ राष्ट्रिय सदस्य हरि बहादुर कार्की लगाएतले मन्तब्य राख्नु भएको थियो ।
दुई कोठे भवनका लागी करिव २० लाख रुपैयाको लागत लाग्ने र सो रकम विभिन्न संघ सस्था र समाजसेवीबाट संकलन गरिने संगठनका लुम्बिनी प्रदेश सचिव प्रकाश बस्यालले जानकारी दिनुभएको छ ।
भवन यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडी बढाइएको छ। संगठनका नगर उपाध्यक्ष तारा बहादुर क्षेत्रीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन नगर सचिव ईश्वर थापाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.