Jilla Ban Notis

बर्दघाटमा खोप संचालन गर्ने तालीम प्राप्त कर्मचारीको कमी

बर्दघाट नगरपालिकाको स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न ।

0 89

कृष्ण ढकाल
बर्दघाट,भदौ–७
बर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न् गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त समिक्षा कार्यक्रम सम्पन्न् भएको थियो ।

समिक्षा कार्यक्रममा नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्याय वडा नम्वर ४ का वडाध्यक्ष वेदविना तिवारी ,स्वास्थ्य शाखा प्रमुख , सामाजिक बिकास समितीका सदस्यहरु तथा सबै स्वास्थ्य संस्था प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

समिक्षा कार्यक्रममा नगरका स्वास्थ्य चौकीहरु र चिसापानी अस्पतालले आफुले बर्षभरी प्रदान गरेका सेवा र त्यसको प्रभावकारीतासंगै समस्या र चुनौतीका वारेमा तथ्याङ्गत रुपमा पावरप्वाईट मार्फत आ–आफ्नो कार्यक्षेत्रका रिपोटीङ्गहरु प्रस्तुत् भएका थिए ।

प्रस्तुत् तथ्याङ्कका आधारमा बर्दघाट नगरको स्वास्थ्य अवस्था त्यत्ति बिग्रेको नभएपनि समयसापेक्ष रुपमा सन्तोषजनक उपलब्धीहरु भएको भने देखिएको थिएन । कार्यक्रममा नगरका सबै
स्वास्थ्य संस्थाले गत तिन आर्थिक बर्षमा भएका सेवा प्रवाहको तथ्याक प्रस्तुत गर्दा पछिल्लो आ.ब.मा केहि सन्तोषजनक सुधार आएको नगरको स्वास्थ्य तथ्याङ्क प्रस्तुत भएको थियो ।

नगरमा पोषण कै कार्यक्रम संचालन गर्न पनि सेवा प्रदान गर्ने ठाँउको अभाव,जन शक्तिको कमी,बिद्युत,खानेपानी,शौचालय जस्ता कुराहरुको समस्या रहेको समिक्षा कार्यक्रममा प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख भएका थिए ।

त्यसैगरी खोप सेवा प्रदान गर्दा खोप किल्निक भवनको अभाव,खोप संचालन गर्ने तालीम प्राप्त कर्मचारीको कमी लगाएतका समस्याहरु रहेको बताईएको थियो ।

६१ हजार बढी जनसंख्या रहेको बर्दघाट नगरपालिकामा अहिले १६ वटा वडाहरु रहेका छन । जहां प्रत्येक वडामा आफ्नै स्वास्थ्य चौकी भवनवाट सेवा प्रदान गर्नेगरी अघि बढेको बर्दघाट नगरपालिकामा अहिले एउटा आधारभुत अस्पताल, ५ वटा प्राथमिक स्वास्थ्य चौकी, एउटा सामुदायिक स्वास्थ्य ईकाई र ११ वटा शहरी स्वास्थ्य केन्द्र संचालनमा रहेका छन् ।

दुई वटा मात्र स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा र ४ वटा संस्थावाट बर्थिङ्ग सेन्टर संचालन भएकाछन् । त्यसैगरी ४५ जना महिला स्वास्थ्य स्वयमसेवीकाहरु रहेको समिक्षा कार्यक्रममा जानकारी गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.