Jilla Ban Notis

बर्दघाटको चौपत्तामा १४ औँ खिचडी माघि महोत्सव सम्पन्न् ।

0 105

बर्दघाट,माघ–१
ब्रह्म बाबा सामुदायिक विकास सस्था र सम्झना महिला समुह बर्दघाट १२ चौपत्ताको आयोजनामा १४ औँ खिचडी माघि महोत्सव २०७६ तामझामकासाथ मनाइएको छ । सम्झना महिला समुहकी अध्यक्ष रमिता चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले खिचडी महोत्सवको मौलिकतालाई जर्गेनागर्न थारु समुदायिले खेलेको भुमिका प्रशंसनिय रहेको बताउनुभयो । प्रमुख अतिथि कण्डेलले ब्रह्म बाबा समुदायिक विकास सस्था र सम्झना महिला समुहबाट महिला जागरणका साथै सामुदायिक गतिविधिलाई अगाडी बढाउन आफुले हदै सम्मको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सो अवसरमा प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्मा, बर्दघाट नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष मान बहादुर मल्ल, अशोक चौधरी, गुलाब चौधरी लगाएतका वक्ताहरुले खिचडी महोत्सवको महत्वबारे आफ्ना भनाई राख्नुभएको थियो । हमार भाषा, हमार पहिचान, सस्कृती बचावेके हमार अभियान भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा १२ झमटा महिला समुहको सहभागिता रहेकोमा समुहहरुले आफ्नो नृत्य र गायन प्रस्तुत गरेका कार्यक्रम सञ्चालिका गंगा चौधरीले जानकारी दिनुभएको छ । खिचडी महोत्सव अन्र्तगतकै सञ्चालनमा रहेको भलिबल प्रतियोगिता विहिबार सम्म सञ्चालन हुने पनि आयोजकले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.