Jilla Ban Notis

बर्दघाटका नर्सरी संचालकहरुलाई कृषि औजार प्रदान

0 29

कृष्ण ढकाल
बर्दघाट,बैशाख–३
बर्दघाट नगरपालिकामा सुचिकृत भएका ५ वटा नर्सरी संचालकहरुलाई नगरपालिकाले विभिन्न प्रकारका कृषि औजारहरु प्रदान गरेको छ । संघिय सरकारवाट हस्तान्त्रीत नयां बहुउद्धेशीय नर्सरी स्थापना कार्यक्रम अन्र्तगत नर्सरी संचालकहरुलाई करिव २ लाख बराबरको कृषि औजार अनुदानमा वितरण गरेको बर्दघाट नगरपालिकाको कृषि शाखाका कर्मचारीले बताएका छन् ।

बर्दघाट नगरमा अहिले सम्म ५ वटा मात्र नर्सरीहरु सुचिकृत भएकाले उनीहरुलाई गृन नेट,स्प्रे मेसिन ,ग्रो ब्याग गमला ,बिरुवाको कटिङ्ग गर्ने कैँची ,कटर,एग्रो जकेट,किटनासक छर्दा प्रयोग गर्ने मास्क र चस्मा लगाएतका सामाग्रीहरु वितरण गरीएको बर्दघाट नगरपालिका कृषि अधिकृत युवराज लम्सालले बताउनु भएको छ ।

हिजो नगरका नर्सरी संचालकहरुलाई नगर प्रमुख धिरज शर्मा र नगर उप–प्रमुख माया देविपौडेलले कृषि औजारहरु हस्तान्त्रण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.