Jilla Ban Notis

बर्दघाटका एक व्यक्तिमा कोरोना रिपोट पोजेटिभ

0 23

फूलकुमारी ढकाल
बर्दघाट, जेष्ठ ३०
बर्दघाट नगरपालिकामा एक महिलामा कोरोना रिपोट पोजेटिभ आएको छ । गत ११ गते बर्दघाट वडा नं. १ ले स्थापना गरेको अस्थाई क्वारेन्टाइमा बसदै आएकी एक महिलामा कोरोना रिपोट पोजेटिभ आएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भएको छ । भारतको दिल्लिबाट आएकी ३५ बर्षीय महिलास“गै गत २३ गते ११ जनाको स्वास संकलन गरिएको थियो जस मध्ये १ महिलाको मात्र रिपोट पोजेटिभ देखिएको छ ।
त्यसैगरी पश्चिम नवलपरासीको प्रतापपुरमा १ जना, सुनवल नगरपालिकामा ६ जना गरी पश्चिम नवलपरासीमा जम्मा ८ जनामा पछिल्लो पटक कोरोना संक्रकित भेटिएको छ ।
जसमध्ये प्रतापपुर गाउ“पालिका वार्ड नं. ३ का ३४ वर्षीय पुरुष, सुनवल नगरपालिका वार्ड नं. १३ का २२ र २८ वर्षीय दुई पुरुष, वार्ड नं.१२ को ४९ वर्षीय पुरुष, वडा नं. ४ का ४७ वर्षीय पुरुष, वडा नं. ११ का २९ वर्षीय पुरुष एवं वार्ड नं. ९ निवासी २२ वर्षीय पुरुष गरी पश्चिम नवलपरासीमा जम्मा ८ जना मा पछिल्लो पटक कोरोना रिपोट पोजेटिभ देखिएको जिल्ला स्वाश्थ्य प्रमुख गौरव ढकालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.