Jilla Ban Notis

बन्दा वन्दीको समय आगामी जेष्ठ ५ गते सम्मका लागि लम्वियो ।

0 24

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२४
सरकारले बन्दा वन्दीको समय आगामी जेष्ठ ५ गते सम्मका लागि लम्वाएको छ । आज बसेको मन्त्री परिषदको निर्णयले बन्दा वन्दीको समयलाई थप गरी जेष्ठ ५ गते स्म्मका लागि पुय्एको छ । यस अघि भोली सम्मका लागि बन्दा बन्दीको समय रहेको थियो । नेपालका विभिन्न स्थानहरुमा कोरोना भाईरसका संक्रमितहरु बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि बन्दा वन्दीको समय थप गरेको हो । अहिले नेपालमा ८२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको र २२ जना निको भएर घर फर्किएका छन् ।
यता
रूपन्देहीको कोटहीमाई–१ का कोरोना संक्रमित युवकसँग सम्पर्कमा आएका थप १४ जनामा गरिएको पीसीआर टेष्ट रिपोट नेगेटिभ आएको छ । संक्रमित युवकसँग सम्पर्क भएका उनको ससुरालीका परिवार र उनले खाना खाएको ठाउँका १४ जनामा गरिएको पीसीआर टेष्ट रिपोर्ट बुधबार बिहान नेगेटिभ आएको हो ।

Leave A Reply

Your email address will not be published.