Jilla Ban Notis

फोहर ब्यवस्थापनका लागि बर्दघाट नगरपालिका वडा नं. २ को अभियान शुरु ।

0 51

कृष्ण ढकाल
नगरमा हुने जनसंख्या वृद्धि,शहरीकरण,वासोवासवृद्धि र औद्योगिकरणले वातावरणमा थप चुनौती थपिदिएको छ । त्यसैगरी गाडी तथा उद्योगहरुवाट निस्कने धुंवा तथा धुलोसंगै बजार र घरहरुवाट दैनिक रुपमा निस्कने फोहर मैला नै अहिलेको मुख्य चुनौति भएको छ ।  यहि चुनौतिलाई मुख्यनजरगर्दै बर्दघाट नगरपालिकाले फोहर ब्यवस्थापनका लागि ल्याण्डफिल्डसाईट निमार्ण गर्ने योजनालाई अघि सारेको छ तर कार्यान्वयन हुनेमा भने आशंका गरीएको छ ।
यता बर्दघाट नगरपालिका वडा नं. २ चिसापानीले भने आफ्नो वडाको फोहर ब्यवस्थापनका लागि स्थानिय सरोकारवालाहरुसंग परामर्श गर्ने देखि अध्ययन भ्रमण र सुझाव संकलन गर्ने कार्यलाई तिव्रता दिएको छ । घर, टोल र विभिन्न व्यवसायवाट फोहरमैलाको उत्पादन नै कम गर्ने र पुनः प्रयोग गर्न कसरी सकिन्छ ? भन्नेवारेमा जानकारी लिन मंसीर २९ गते वालिङ्ग नगरपालिकाले शुरुगरेको फोहर मैला ब्यवस्थापन आयोजनाको अध्ययन गर्न टोली वालिङ्ग नगरपालिका पुगेको थियो । आधीखोलाको किनारमा सिद्धार्थ राजमार्गको बांयाक्षेत्रमा अवस्थित वालिङ्ग नगरपालिकाको सरसफाई केन्द्र र त्यसको प्रभावका वारेमा टोलीलाई वालिङ्ग नगरपालिका सामाजिक विकास अधिकृत पदम प्रसाद पाण्डेले फोहर ब्यवस्थापनको वारेमा जानकारी गराउनु भएको थियो । वालिङ्ग नगरपालिकाले संचालन गरेको सरसफाई केन्द्रका वारेमा नगरपालिकाकी फोहर मैला ब्यवस्थापन समिति संयोजक तथा वडा नं. १ कि जनप्रतिनिधी युगमाया पंगेनीले आफुहरुले गरेको कार्य सृजनसिल भएको बताऊनु भएको छ । वालिङ्ग नगरपालिकाले संचालन गरेको फोहर ब्यवस्थापनवाट उत्पादन गरेको फोहर स्थानिय किसानका खेतवारीमा प्रयोग भएको छ । जहां केहि प्लाष्टिकका टुक्राहरु रहेपनि किसानले त्यसलाई छुट्टाएर प्रयोग गरेका छन् भने कतिले त आफ्नो घरमा मल बनाउने गरेको रामवाच्छाका किसानहरु बताउछन् । फिल्डको अध्ययन सकेर टोली वालिङ्ग नगरपालिकाको कार्यलयमा पुगी नगर प्रमुख दिलिप प्रताप खांणवाट नगरपालिकाले नगरको फोहर ब्यवस्थापनका लागि अघिसारेका योजनाहरुका वारेमा जानकारी लिएको थियो । बर्दघाट नगरपालिका वडा नं. २ चिसापानीले फोहर ब्यवस्थापनका वारेमा यसरी चांसो लिईरहदा अध्ययन भ्रमणमा संगैरहनुभएका चिसापानी बजार विकास समितिका अध्यक्ष धनन्जय पौडेलले फोहर ब्यवस्थापन गर्न पहिले सबैमा सचेतना आवश्यक रहेको बताउनु भयो । यता बर्दघाट नगरपालिका वडा नं. २ की वडाध्यक्ष दर्या दर्लामीले बढ्दो शहरीकरणसंगै आफ्नो वडामा रहेका बजार र घरहरुवाट उत्पादन हुने फोहर ब्यवस्थापनका लागि वेलैमा सचेत नभए पछि समस्या आउन सक्ने भएकाले फोहर ब्यवस्थापनका लागि चांसो दिएको बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.