Jilla Ban Notis

फोटो तथा भिडियो ग्राफी एवं उद्घोषण तालीम सम्पन्न् ।

0 45

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१४
नवलपरासी फोटो ग्राफर संघले आयोजना गरेको तिन दिने फोटो तथा भिडियो ग्राफी एवं उद्घोषण तालीम सम्पन्न् भएको छ । त्यसैगरी तालीम समापनकै अवसरमा संघले होली मिलन कार्यक्रम तथा शुभकामना आदान प्रदान एवं संघले प्रकाशन गरेको नयां वर्ष २०७८ सालको भित्तेपात्रो विमोचन र प्रमाण पत्र वितरण कार्य एकसाथ सम्पन्न गरेको छ ।

नवलपरासी फोटो ग्राफर संघका अध्यक्ष चेत नारायण पाण्डेको अध्यक्षता र फोटो ग्राफर महासंध लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र प्रसाद उपाध्ययको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्ययले फोटोग्राफी भनेको एउटा महत्वपूर्ण सिप र कला प्रर्दशन गर्ने क्षेत्र भएको बताउनु भएको थियो । उहांले फोटोग्राफिमा नयां पन ल्याउन सके बजारमा हजार काम पाईने विश्वास दिलाउनु भएको थियो ।

संघका महासचिव टेक बहादुर बुढाथोकीको संचचालन रहेको कार्यक्रममा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका संयोजक प्रेम प्रसाद गौतम को स्वागत मन्तब्य रहेको थियो ।

नवलपरासी जिल्ला भरीका फोटो स्टूडियो संचालकहरुका लागि लक्षीत गरी संचालन गरीएको तालीममा जिल्लाका फोटो तथा भिडियो ग्राफि पत्रकारहरुको समेत सहभागिता रहेको सो तालीममा रमेश अर्यालले उद्घोषणका वारेमा सहजीकरण गर्नु भएको थियो भने फोटो तथा भिडियो ग्राफीका वारेमा दिपक श्रेष्ठले सहजीकरण गर्नु भएको थियो। गत विहिवारवाट शुरु भएको फोटो तथा भिडियो ग्राफी एवं उद्घोषण तालीमको संचालनका लागि बर्दघाट नगरपालिकाले आर्थिक सहयोग गरेको छ थियो।

Leave A Reply

Your email address will not be published.