Jilla Ban Notis

फोटो ग्राफर संघ नवलपरासीद्धारा फोटो तथा भिडियो ग्राफी एवं उद्घोषण तालीम शुरु

0 18

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१२
नवलपरासी फोटो ग्राफर संघको आयोजनामा आजवाट फोटो तथा भिडियो ग्राफी एवं उद्घोषण तालीम शुरु भएको छ । नवलपरासी फोटो ग्राफर संघका अध्यक्ष चेत नारायण पाण्डेको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उक्त तालीमको समुद्घाटन गरीएको थियो ।

तालीमको समुद्घाटन गर्दै नगर प्रमुख बस्यालले फोटो खिच्नु पनि एउटा कला भएकोले त्यसलाइृ अझै ब्यवसायिकतामाा लैजानका लागि सिप सिक्न जरुरी रहेको बताउदै यो तालीम उपलब्धीमुलक हुने विश्वास ब्यक्त गर्नू भयो ।

संघका महासचिव टेक बहादुर बुढाथोकीको संचचालन रहेको कार्यक्रममा फोटो तथा भिडियो ग्राफि तालीमका संयोजक सुरज चालीसे,होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका संयोजक प्रेम प्रसाद गौतम लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

नवलपरासी जिल्ला भरीका फोटो स्टूडियो संचालकहरुका लागि लक्षीत गरी संचालन गरीएको तालीममा जिल्लाका फोटो तथा भिडियो ग्राफि पत्रकारहरुको समेत सहभागिता रहेको छ ।
तिन दिन सम्म संचालन हुने उक्त तालीममा रमेश अर्यालले उद्घोषणका वारेमा सहजीकरण गर्नु भएको थियो भने फोटो तथा भिडियो ग्राफीका वारेमा दिपक श्रेष्ठले सहजीकरण गर्दै हुनुहुन्छ । आजवाट शुरु भएको फोटो तथा भिडियो ग्राफी एवं उद्घोषण तालीमको संचालनका लागि बर्दघाट नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

Leave A Reply

Your email address will not be published.