Jilla Ban Notis

फरार रहेका बिप्लब समूहका जिल्ला सदस्य सापकोटा प्रहरीको नियन्त्रण ।

0 61

गौरीशंकर जयसवाल

परासी २५ पुस

नेत्रविक्रम चन्द समूहका एक जिल्ला नेता पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । नवलपरासी प्रहरीले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडानं ४बाट नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाको बर्दघाट नगरपालिका–४ निवासी २६ वर्षीय सापकोटालाई आज बिहान इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरिएको नवलपरासी प्रहरीका डिएसपी एव सुचना अधिकारी बिरेन्द्र थापाले जानकारी दिए । २०७५ फागुन ३० गते चन्द समूहले गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति पश्चिम नवलपरासीको सरावल–१ तुल्सीनगरस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रकमा आगो लगाई सङ्गठित अपराध गरेको सापकोटामाथि आरोपमा प्रहरीले लगाएको छ । यसैगरी २०७६ साउन १६ गते बर्दघाट–१३ धनेवास्थित एनसेल टावरमा बम विस्फोटमा संलग्न रहेको मुद्दामा धेरै दिनदेखी सापकोटा फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए । उनीमाथि थप अुनसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.