Jilla Ban Notis

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपालको  जिल्ला अध्यक्षमा राजु ढकाल 

0 51

कृष्ण ढकाल

बर्दघाट,माघ–९

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल नवलपरासी जिल्लाको  अध्यक्षमा राजु ढकाल चयन हुनु भएको छ । त्यसैगरी  उपाध्यक्षमा अधिस ढकाल र सचिवमा छवि ढकाल चयन हुनु भएको छ ।

आज सुनवलमा भएको नवलपरासी जिल्लाको ईन्जीनियर भेला तथा अन्तरक्रिया कार्यक्रमवाट कोषाध्यक्षमा नुमन सिंजापति मगर  र सचिवालय सदस्यमा अनुशिलन आर्चाय,संदिप चौधरी र सुर्वण न्यौपाने चयन हुनु भएको छ भने सदस्यहरुमा प्रकाश शर्मा पौडेल,प्रकाश न्यौपाने,अर्जुन सापकोटा,शान्ति गुरुङ्ग,विपिन पौडेल,अन्जन श्रेष्ठ, सुजित चौधरी, राजेश चौधरी,प्रकाश पाण्डे, वेचन प्रजापति,अनिल चौधरी,अविनास कुवंर चौधरी,विनोद पासवान,प्रिति बस्याल र उज्जल ओझा चयन हुनु भएको छ ।

लुम्विनी प्रदेश पिनका  अध्यक्ष जिवन अर्यालको अध्यक्षता र सचिव विक्रम पौडेलको संचालनमा सम्पन्न् भेलामा प्रदेश सदस्य दिपेन्द्र कुमार अधिकारी ,सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे,सुनवल नगरपालिकाका उप प्रमुख दधिराम अर्याल,बर्दघाट नगरपालिकाकी उप प्रमुख माया पौडेल,नेकपाका केन्द्रीय सदस्यद्धय बिमला अर्याल राजु हरिजन,नवलपरासी उद्योग वाणीज्य संघका अध्यक्ष केशव भण्डारी,युवा संघ नेपालका जिल्ला संयोजक युवराज डुम्रे,अनेरास्ववियूका जिल्ला संयोजक शुसान्त घिमिरे,अनेम संघका जिल्ला संयोजक राधा ढकाल ,प्रेस संगठनका जिल्ला सह–संयोजक मोहन पौडेल लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नवलपरासी जिल्लाका ईन्जिनियर, आर्किटेक,सव–ईन्जिनियर एवम पेशागत प्राविधिकहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.