Jilla Ban Notis

प्रेस संगठन नवलपरासीका सदस्यहरुद्धारा सपथ ग्रहण, नेकपाका कारण नवलपरासीमा विकासको लहर आएको मन्त्री चौधरीको दावी ।

0 23

कृष्ण ढकाल
बर्दघाट,पौष–२६
प्रेस संगठन नवलपरासीका जिल्ला सदस्यहरुले शनिवार सपथ ग्रहण गरेका छन् । प्रेस संगठनका जिल्ला संयोजक बेनिमाधव बस्यालको अध्यक्षता र प्रदेश ५ का भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा उक्त सपथ ग्रहण कार्यक्रम सम्पन्न् भएको थियो । सो अवसरमा बोल्दै मन्त्री चौधरीले नवलपरासी जिल्लामा साविकको नेकपाएमाले र माओवादीका कारण विसकको लहर आएको दावी गर्नु भएको थियो । उहांले अहिलेको नेकपा पार्टीको दुरर्शी योजना नभएको भए नवलपरासीको विकास अझै पछि पर्ने बताउनु भयो । पहिले विष्णु पौडेल अर्थमन्त्री हुदां विनियोजीत भएका डेला आयोजनाहरु अलिे संचालन भैरहेको उदाहरण दिर्दे अहिले पनि आफ्नो पहलमा प्रदेश सरकार मार्फत करौडौँ बजेट पश्चिम नवलपरासीको समग्र विकासमा खर्चिरहेको मन्त्री चौधरीले पत्रकारहरुलाई बताउनु भएको थियो । उहांले नेपाली काँग्रेस सत्तामा भएको बेला कुनै कामनै हुन नसकेको दावी गर्दे नवलपरासीमा अहिले सडक पुल लगाएतका थुप्रै विकास निर्माणका भैरहेको दाबी गर्नुभयो । शनिवार परासीमा भएको सपथ ग्रहण कार्यक्रममा पत्रकार महासंघ पाँच नम्बर प्रदेशका उपाध्यक्ष भरत केसि, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, पुर्व स्थानिय विकास राज्यमन्त्री घनश्याम यादव, संविधान सभा सदस्य सिता बौडेल, पाल्हीनन्दन गाँउपालीकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपक, सुनवल नगरपालीकाका उपमेयर दधिराम अर्याल, उपभोक्ता हित संरक्षण मंञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, पत्रकार महासंघ पश्चिम नवलपरासीकी उपाध्यक्ष मालती न्यौपाने, नागरिक समाजका पुर्व अध्यक्ष शम्भु उपाध्याय लगाएतले शुभकामना मन्तव्य व्यक्त गनुभएको थियो । कार्यक्रम प्रेस संगठनका सह संयोजक मोहन पौडेलले संचालन गर्नु भएको थियोे ।

Leave A Reply

Your email address will not be published.