Jilla Ban Notis

प्रेस युनियन नवलपरासीले दीप प्रज्वलन गर्दै मनायो स्थापना दिवस

0 45

परासी , १३ जेठ

नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाले ३२ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा युनियनले परासी बुद्ध चाेकमा दिप प्रज्वलन गरि स्थापना दिवस मनाएको हाे ।
युनियनकाे सभापति उमेश कुमार बि.क काे अध्यक्षता तथा सुनवल नगरपालिका संस्थापक मेयर एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य भिम बहादुर थापा ( भरत ) काे प्रमुख अातिथ्यता र नेपाल पत्रकार महासंघ नवलपरासी अध्यक्ष हरि शर्माकाे विशिष्ट अातिथ्यतामा दिप प्रज्वलन कार्यक्रम भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेता थापाले पत्रकार सत्य तथ्य हेर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । हाम्रो देश र समाजमा भएको विभिन्न अनियमितता र भष्टाचारकाे गतिविधि पता लगाई सबै सामु पत्रकारले ल्याए मात्र राजनीतिक,समाजिक गतिविधि सुध्रिने बताउनुभयो । पत्रकार राज्यको चौथो अंग भएकोले राज्यको तीन वटै अङ्गको खबरदारी गर्नु दायित्व रहेको बताउदै स्थापना दिवसकाे अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ नवलपरासी अध्यक्ष हरि शर्माले २०४८ जेठ १३ गते स्थापना दिवसकाे चर्चा गर्दै नवलपरासी शाखाले गरेको विभिन्न रचनात्मक कामकाे प्रशंसा ब्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार महासंघले चलाएको सदस्यता शुद्धीकरण अभियनमा प्रेस युनियनले साथ सहयोग गर्न अनुरोध गर्दै सबै श्रमजिवि पत्रकारको हकहितमा युनियन लागाेस भनेर स्थापना दिवसकाे शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियन पश्चिम नवलपरासी निवर्तमान सभापति पुरुषाेत्तम सुवेदी , परासी प्रेस क्लब अध्यक्ष बेचु गाैड , प्रेस चाैतारी नवलपरासी उपाध्यक्ष गाैरी शंकर जैसवाल , सुनवल उद्योग बाणिज्य संघ अध्यक्ष रमेश कर्माचार्य लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सभापति बि.क ले अब प्रेस युनियनले पनि सदस्यता सुदृढीकरण गर्दै श्रमजिवी पत्रकारको हकहितमा लागिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । प्रेस युनियन उपसभापति सन्जिव काेइरालाकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रम सन्चालन सचिव अनिल यादवले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.