Jilla Ban Notis

प्रेस चौतारी नेपाल नवलपरासीको विस्तारीत बैठक तथा सम्मान कार्यक्रम सम्पन्न् ।

0 53

कृष्ण ढकाल
बर्दघाट,मंसिर–३
प्रेस चौतारी नेपाल नवलपरासीको विस्तारीत बैठक तथा सम्मान कार्यक्रम सम्पन्न् भएको छ । संगठनका जिल्ला संयोजक मोहन पौडेलको अध्यक्षता र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य एवं प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न् भएको हो ।
संगठनका सह संयोजक कुस्माकर ढकालको संचालन तथा सहसंयोजक गौरी शंकर जयसवालको स्वागत मन्तब्यवाट शुरु भएको बैठकले संगठनको आगामी पुष १० गते अधिवेसन गर्ने गरी जिल्ला अधिवेशन आयोजक कमीटी गठन गरेको छ । त्यसैगरी जिल्लाका सातवटै पालिकाहरुमा सदस्यता विस्तारका लागि जिम्मेवारी बांडफांड गर्ने देखि यही आउदो मंसीर १० देखी १२ गते सम्म चितवनमा हुनगइरहेको नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा संगठनवाट सहभागिता जनाउने निर्णय गरेको छ ।
त्यसैगरी राष्ट्रिय महाधिवेशन सफल पार्न सत्य तथ्य समाचार सम्प्रेसण गर्ने र जनतामाझ राष्ट्रिय महाधिवेशनको महत्वका वारेमा सचेतना जागृत गर्ने निर्णय समेत गरेको संगठनका जिल्ला संयोजक मोहन पौडेलले बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल नवलपरासीको विस्तारीत बैठकलाई सम्वोधन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य एवं प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले पत्रकारहरु आफ्नो पेशामा कटिवद्ध हुदै पार्टीले गरेका राम्रा तथा नराम्रा कामहरुलाई जनता माझ ल्याउन कुनै कन्जुसाई नगर्न आग्रह गर्नु भएको थियो । उहांले एमाले पार्टीले गरेका विकास निमार्णका काम र उस्का योजनाहरुको प्रभाव जनताहरु माझ लोकप्रिय भएका कारण अहिले नवलपरासी जिल्लासंगै सिंगो देशका जनताहरु एमाले प्रति आशावादी रहेको बताउनु भएको थियो ।

नेकपा एमालेका अध्यक्ष के.पि. शर्मा ओलीले अघिसारेको सुखि नेपाली समृद्ध नेपाललाई आत्मसाथ गर्दै यतिवेला सारा नेपाली नेपाललाई समृद्ध बनाउन तर्फ केन्द्रित भैरहदा प्रेस चौतारी नेपालमा अवद्ध पत्रकारहरुले अध्यक्ष ओलीले अघिसारेको सुखि नेपाली समृद्ध नेपाल बनाउने तर्फ अझ बढी केन्द्रित भएर समाचार सम्प्रेसण गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी नेकपा एमाले नवलपरासीका उपाध्यक्ष डोलराज भण्डारीले पत्रकारहरुले आफ्नो पेशालाई परिस्कृत गर्दे आफु दक्ष र प्रविधिमैत्री बन्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । अब पत्रकारीता पेशालाई मर्यादित बनाउदै विट पत्रकारीतामा लाग्न जरुरी रहेको बताउनु भयो। उहांले पत्रकारहरुलाई विस्थापित हैन स्थापित गर्न पार्टी कटिवद्ध हुने बताउदै त्यसका लागि पत्रकारहरु आफु दक्ष हुन जरुरी रहेको बताउनु भएको थियो ।

प्रेस चौतारी नेपाल नवलपरासीको विस्तारीत बैठकमा नेकपा एमाले जिल्ला कमिटिका सदस्य राम प्रसाद अर्याल,बर्दघाट नगर कमिटि अध्यक्ष रविन्द्र विक्रम हमाल,प्रेस चौतारी नेपालका केन्द्रिय प्रतिनिधि यम राना,राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक युवराज डुम्रे लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । सोही अवसरमा प्रेस चौतारी नेपाल नवलपरासीवाट प्रदेश सचिवमा चयन हुनुभएका वेनीमाधब वस्याललाई सम्मान समेत गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.