Jilla Ban Notis

प्रहरी युक्ति तालिम महा विद्यालय जर्गाका दुई सय त्रिचालीस प्रहरी जवान दिक्षान्त ।

0 46

गौरीशंकर जयसवाल

परासी २५ असार
प्रहरी युक्ति तालिम महा विद्यालय जर्गाका दुई सय त्रिचालीस प्रहरी जवान दिक्षान्त भएका छन् । प्रहरी जवान १२ नं को तेस्रो समुहको आधारभुत तालिममा सहभागी २ सय ४३ जना प्रहरी जवानहरु दिक्षान्त भएका हुन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडानं ११ स्थित जर्गाहमा २०७६ श्रावण २० गते देखी संचालित २ सय ३४ कार्यदिनको आधारभूत तालिमका सहभागिहरुलाई प्रहरी युक्ति तालिम महाविद्यालयका प्राचार्य प्रहरीवरिष्ठ उपरिक्षक बसन्त बहादुर कुंवरले दिक्षीत गर्नु भएको थियो ।

दिक्षान्त समारोहमा प्रशिक्षार्र्थीहरुलाई नेपालको संविधान बमोजिम प्रहरी उपरीक्षक वीरबहादुर ओलीले सपथ ग्रहण गराउनु भएको थियो। दिक्षान्त समारोहका प्रमुख अतिथी कुवँरले दीक्षित प्रहरी जवानहरूलाई लोकतान्त्रिक रुपान्तरणलाई आत्मसाथ गर्दै सेवामा लाग्न निर्देशन दिनुभएको थियो । उहांले व्यावसायिक दशक्षता , सफल अनुसन्धान, अपराधको रोकथाम तथा शान्ति सुरक्षा र मानवअधिकारको अनुभूति जनतालाई गराउन सफल हुने विश्वास व्यक्त गर्नु भएको थियो। कुवंरले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई निर्देशन पनि दिनु भयो । दिक्षित भई जाने प्रहरी जवानहरुले तालिम अवधी भर सिकेका ज्ञानको कार्य क्षेत्रमा अक्षरस पालना भएमा नेपाल प्रहरीको चुनौतिको बिषय रहेको अपराध अनुसन्धानमा थप टेवा पुग्ने बिश्वास ब्यक्त समेत ब्यक्त गर्नु भयो।

तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्र्थी प्रहरी जवान मनोहर घर्र्तीमगर लगायत विभिन्न ८ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा नगद पुरस्कारले पुरस्कृत समेत गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.