Jilla Ban Notis

प्रहरीद्धारा दुई लाख बराबराको अबैध सामान बरामद ।

0 63

गौरीशंकर जयसवाल

परासी ,अषाढ १

पश्चिम नवलपरासी प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा अबैध कपडा तथा हाडबेयरका सामान बरामद गरेको छ । सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिकाबाट दुईलाख चौरासी हजार मुल्य बराबरको अबैध कपडा तथा हाडबेयर सामान बरामद गरेको हो । प्रहरीले सरावल गाउँपालिकाको वडानं ७ बुलन्दपुरबाट एक लाख पचास हजार बराबरको मुल्य पर्ने लेडिज कुर्ता सुरवाल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक अजय के.सीले जानकारी दिए । सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीको टोलीले पाल्हीनन्दनको वडानं २ गोपालपुरबाट भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा हाडबेयरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।

उनको अनुसार उक्त क्षेत्रबाट एक लाख ३३ हजार बराबरको मुल्य पर्ने हाडबेयर सामान बरामद गरिएको बताए । पक्राउ गरिएको ती अबैध सामान आजै महेशपुर भन्सार कार्यालय चालन गरिएको प्रहरीले जानएको छ । लकडाउनको मौका छोपी पश्चिम नवलपरासीमा अबैध करोबार बढेपछि पछिल्लो समयमा नवलपरासी प्रहरीले सिमामा अफानो सक्रियता बढाएको छ । प्रहरीले सक्रियता बढाए पछि जिल्लामा धामधाम अबैध सामान बरामद गरीरहेका छ ।

Leave A Reply

Your email address will not be published.