Jilla Ban Notis

प्रहरीका कारण उद्योगी ब्यवसायीहरु समस्यामा परेको नवलपरासीका उद्योगी तथा ब्यवसायीहरुको गुनासो ।

0 17

गौरीशंकर जयसवाल

परासी १२ पुस
प्रहरी प्रशासनले कर तिरेको रसिद र भ्याट बिल भएकालाई पनि पक्राउ गरिदिदां उद्योगी ब्यवसायीहरु समस्यामा परेको नवलपरासीका उद्योगी तथा ब्यापारीहरुले गुनासो गरेका छन । आज नवलपरासी उद्योग बाणिज्य संघ परासीले आयोजना गरेको करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रममा सहभागि उद्योगी व्यवासयीहरुले यस्तो गुनासो गरेका हुन । सहभागिहरुले उनीहरुले प्रहरी प्रशासनलाई घुस दिदंँ पनि घुस नलिएको र काम पनि समयमा नगरेका कारण नवलपरासीका उद्योग व्यवासयी फष्टाउन नसकेको बताएका थिए । पछिल्लो समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिल्लाको सिमानकामा कडाई गरेपछि व्यापारीहरु अत्तीएको एक व्यापारीले बताएका थिए । नेपाल प्रहरीले जिल्लामा सिमा नाकामा कडाईगरी अबैध मालसमान पक्राउ गर्न थालेपछि नवलपरासीका उद्योग व्यवासयीहरु आत्तिएका छन ।

आय कर राजश्व तथा भन्सार सम्बन्धित भएका परिर्वतन बारे जिल्लामा रहेका उद्योगी र व्यवसायीहरुलाई जानकारी गराउन आयोजना गरीएको कार्यक्रममा राजश्व अनुशसन्धान कार्यालयका अनुसान्धान अधिकृत धनिश्वर अर्यालले माल बस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भि.टी.एस. सम्बन्धि जानकारी दिएका थिए भने आन्तरिक राजश्व कमार्यालय भैरहवका प्रमुखमुक्ति अचार्यले कर सम्बन्धि उद्योग व्यवासयीहरुलाई जानकारी दिएका थिए ।

नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारीको अध्यक्षयता तथा उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधी तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै तिवारीले सरकारले उद्योग व्यावसायीहरु सहकार्य गरेर सही दिशा तर्फ लग्न अग्रह गरेका थिए ।
उनले कोभिड १९ले गर्दा उद्योग व्यवासयहरु धरापमा परेको भन्दै उद्योग व्यवासयहरु फष्टाउन खाल योजना ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले गलत प्रबृधीले प्रहरीले व्यापारीहरुलाई अनश्वायक दुःख र अबैध रुपमा प्रहरीले पैसा असुली गरिरहेको भए आफुलार्ई सुचना दिएमा ठाउको ठाउ कावाही गर्ने बताए । सरकारले लिएको स्वाचालित अर्थतन्त्र पारर्दशित हुनेपर्नेमा पाठकले जोड दिएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सासद बैजनाथ जैसवाल,नापातौल गुणस्तर कार्यालयका प्रमुख मनोज पोखरेल,महेशपुर भन्सार कार्यालयका रामप्रसाद अर्याल,नवलपरासी उद्योग बाणिज्य सघका महासचिव गिरीराज पाण्डेय लगातयतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.