Jilla Ban Notis

 प्रभु बैंक शाखा कार्यालय बर्दघाटले नगर क्षेत्र भित्रका ५ वटा सामुदायिक विद्यालयहरुमा स्विटर वितरण गर्यो,

0 17

रामु भुसाल

बर्दघाट,मंसीर–१०

पश्चिम नवलपरासीको बर्दघाटमा रहेको प्रभु बैंक शाखा कार्यालय बर्दघाटले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दघाट नगर क्षेत्र भित्रका ५ वटा सामुदायिक विद्यालयहरुका प्राथमिक तहमा अध्यनरत गरिव तथा विपन्न वर्गका विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । सोहि कार्यक्रम अन्र्तगत मंगलबार बर्दघाट नगरपालिका वडा नम्बर ४ बाढिपीडितमा रहेको नवजीवन माध्यमिक विद्यालय प्रावि तहमा अध्ययनरत ५० जना छात्रछात्राहरुलाई स्वेटर वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मन्जु चालीसेको अध्यक्षता एवं बर्दघाट नगरपालिका वडा नम्बर ४ की वडासदस्य गौमाया पराजुली आरसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीलाई जाडोको समयमा स्कुलको ड्रेससंग मेल खाने न्यानो स्विटर वितरण गरिएको बैंकका शाखा प्रमुख शेषमणि पटेलले जानकारी दिनुभएको छ । विद्यालयका शिक्षक कर्मचारी,अभिभावक,विद्यार्थी,विद्यालय व्यवस्थापन समितीका पदाधिकारी,शिक्षक अभिभावक संघका पदाधिकारी र विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रममा उपहार नगर टोल विकास संस्थाकी अध्यक्ष सृजना आचार्य,समाजसेवी डिलाराम चालीसे,विद्यालयका प्राधानाध्यापक अर्जुन पौडेल लगायतले मन्तव्य राख्दै साामाजिक संघसंस्थाहरुले विद्यालयलाई विभिन्न तवरले सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्दै अगामी दिनमा समेत सहयोग गर्न आग्रह गर्नुभएको थियो । न्यानो स्विटर पाएपछि सो विद्यालयमा अध्यनरत विद्यार्थीहरु खुशी देखिएका थिए । विद्यालयमा अध्ययनरत विपन्न वर्गका छात्रछात्रालाई न्यानो कपडा वितरणले सकारात्मक सन्देश दिएको प्रमुख अतिथि गौमाया पराजुलीले बताउनुभयो । उक्त बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा रक्तदान सरसफाईको लागि डष्टविन वितरण,वृक्षारोपण लगायतका कार्यक्रम गर्दै आएको साथै आगामी दिनमा समेत उक्त कार्यलाई निरन्तरता दिने र बैंकको शाखाले यस बर्ष नगरपालिका भित्रका सरस्वती माध्यमिक विद्यालय बर्दघाट १४ कुञ्जनपुर , राजा मावि बर्दघाट ९ भुतहा, शिरोमणि प्रावि बर्दघाट १० मौराटाडी, दिव्यज्योति मावि बर्दघाट २ चिसापानीमा अध्यनरत २ सय २५ जना विद्यार्थीलाई करिब ८० हजार बराबरको न्यानो स्विटर वितरण गरेको बंैकका शाखा प्रमुख पटेलले जानकारी दिनुभयो । मंगलबार विद्यालयमा आयोजित स्विटर वितरण कार्यक्रम शिक्षक बाबुराम घिमिरेको स्वागतमन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक मेघराज अधिकारीले गर्नुभएको विद्यालयका शिक्षक अतिरिक्त क्रियाकलाप संयोजक राजकिशोर चौधरीले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.