Jilla Ban Notis

औद्योगिक व्यापार मेलामा दर्शकको आकर्षण बढ्दै ।

0 34

मोहन पौडेल

परासी, ५ मंसिर । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जारी नवलपरासी औद्योगिक व्यापार मेला २०७६ मा राष्ट्रिय तथा स्थानीय भोजपुरी कलाकारहरुको सांस्कृतिक प्रस्तुतिमा दर्शकहरुको आकर्षण बढेको छ ।

मेलामा भोजपुरे खुकुरी, पाल्पाली सुन्तला, पाल्पाली ढाका, कृषि प्रदर्शनी, लघु उद्यमीका उत्पादन, हस्तकला, छाला तथा जुत्ताचप्पल, कपडा लगायतका व्यवसायिक स्टलहरुमा दर्शकको आकर्षण रहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।

मेलामा भोजपुरी क्षेत्रका चर्चित कलाकारहरुसँर्गै नेपाली ख्याति प्राप्त कलाकारहरुको बजोड प्रस्तुति रहँदै आएको छ । मेलामा आज ख्याति प्राप्त भोजपुरी कलाकार भरत भोजपुरीयाले दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरेका छन. ।

यसैगरी राष्ट्रिय ख्याति प्राप्त गायक द्धय कमल खत्री र अर्जुन कौशलको पनि बेजोड प्रस्तुति रहेको थियो भने हमाल भोजपुरी फिल्मी दुनिया, करनराज गिरी लगायतले पनि आ–आफ्ना गीतमार्फत मनोरञ्जन गराएका थिए ।

मेलाको चौँथौँ दिन भोली राष्ट्रिय कलाकार राजनराज शिवाकोटी, हांस्यकलाकार बलराम सरकार, सहिमा श्रेष्ठ लगायतको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक तारा आचार्यले जानकारी दिनुभयो ।

मेलामा दिनप्रतिदिन दर्शकहरुको सहभागिता बृद्धि हुँदै गएको छ । आज तेस्रो दिन पनि दर्शकहरुको उल्लेख्य सहभागिता हुनुका साथै उत्साहजनक आर्थिक कारोबार भएको मेलाका प्रवक्ता गिरीराज पाण्डेले जानकारी दिनुभयो ।

नवलपरासी उद्योग वाणिज्य संघको आयोजना तथा रामग्राम नगरपालिकाको संरक्षकत्वमा सञ्चालन भईरहेको मेलामा औद्योगिक व्यापार मेलामा करिव डेढ सय स्टल रहेको आयोजक नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो । मंसिर १५ गतेसम्म सञ्चालन हुने मेला मंसिर ३ गतेदेखि शुरु भएको हो ।

Leave A Reply

Your email address will not be published.