Jilla Ban Notis

प्रभु बैँक बर्दघाट शाखाद्धारा विपन्न विद्यार्थीलाई स्वेटर वितरण ।

0 17

बर्दघाट–५ ,मंसीर
गरिव तथा विपन्न वर्गका विद्यार्थीहरुलाई एक कार्यक्रमका विच स्वेटर वितरण गरिएको छ ।  प्रभु बैँकको सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको बर्दघाट शाखाका शाखा प्रमुख शेषमणी पटेलले जानकारी दिनुभएको छ । कक्षा १ देखी ५ सम्म प्राथमिक तहमा अध्ययनरत ३१ छात्र र १९ छात्रालाई जाडोबाट बच्न न्यानोकपडा वितरण गरिएको थियो । प्रभु बैँकले सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा सरसफाईको लागि डष्टविन, रक्तदान लगायतका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अघि बढाउँदै लगिने शाखा प्रमुख पटेलले बताउनु भयो । विद्यालयमा अध्ययनरत विपन्न वर्गका छात्रछात्रालाई न्यानो कपडा वितरणले सकारात्मक सन्देश दिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टुक प्रसाद बश्यालले बताउनुभएको छ । बैँकसँग समन्वय गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सँचालन गरिने शाखा प्रमुख शेषमणी पटेलले बताउनु भएको छ । बैकले बर्दघाट नगरपालिका भित्रका अन्य चार वटा विद्यालयका २ सय २५ जना विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) वितरण गर्ने शाखा प्रमुख पटेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.