Jilla Ban Notis

प्रभावकारी भाषणकला तालिम सम्पन्न ।

0 100
गौरीशंकर जयसवाल
परासी १० फागुन
नवलपरासीको परासीमा प्रभावकारी एक दिने भाषणकला तालिम सम्पन्न भएको छ । रामग्राम जेसीज परासीको  आयोजनामा परासीमा प्रभावकारी भाषणकला  एक दिने तालिम सम्पन्न भएको हो । युवाहरुलाई लक्षित गरी र युवाहरुलाई नेतुत्व बिकास क्षमता अभिबृद्धी गर्ने उद्येश्यले उक्त तालिम आयोजना गरिएको रामग्राम जेसीजका अध्यक्ष सन्दीप अग्रहरीले जानकारी दिए । रामग्राम जेसीजका अध्यक्ष सन्दीप अग्रहरीको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको प्रमुख आतिथ्याता भएको उदघाटन कार्यक्रम बोल्दै पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले युवाहरुको नेतृत्व बिकास क्षमता बिकास र देशको बिकास समाज परीर्तनमा जेसीजको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका थिए । जेसीजको काम भने युवाहरुको नेतृत्व र तीनीहरुको क्षमता बिकास गरेर समाज परिर्वतनको सम्बहाक रुपमा अगाडी बढाउन तर्फ अग्रसर रहेको बस्यालले बताए । कार्यक्रममा रामग्राम जेसीस पूर्व अध्यक्ष एव पत्रकार महासंघ परासीका सचिव राजकुमार रेश्मीले  युवाहरुको नेतृत्व र क्षमता बिकास गरेर जेसीजले समाजमा रहेको बिकृती बिसगतीलाई समाजबाट न्यूनिकारण गर्ने र यस तालिमले पक्कै पनि युवाहरुलाई मदत पुग्ने बिश्वास व्यक्त गरेका थिए । तालिममा ७० जना स्थानिय युवाहरुको सहभागिता रहेको जेसीजका महासचिव चन्द्रमणी चौधरीले जानकारी दिए । तालिमको प्रशिक्षण बुटवाल जेसीसका रमेश अर्यालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा महिला जेसीस बर्ष २०२० की अध्यक्ष रञ्जनी ढकाल,रामनगर जेसीज क्षेत्र घ की तालिम निर्देशक  हिमा न्यौपाने लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.