Jilla Ban Notis

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा मन्त्रिपरिषद् पुनर्गठन

0 40

जेष्ठ–२१
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । पुर्नगठीत मन्त्रिपरिषदमा अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरीएको छ भने नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्री हुनु भएको छ ।

उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । नयाँ मन्त्रिमण्डलमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री भएका छन् । जस्मा शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री ,शरदसिंह भण्डारी उर्जामन्त्री, जलस्रोत तथा सिंचाइ मन्त्री , अनिलकुमार झाले खानेपानी मन्त्ती , लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री , विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मनत्री , उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री , चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र एकवाल मिया युवा तथा खेलकुद मन्त्री हुनु भएको छ ।
त्यसैगरी
जसपाबाट चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनु भएको छ ।

Leave A Reply

Your email address will not be published.