Jilla Ban Notis

प्रद्यानमन्त्री केपि ओलीद्धारा देशवासीका नाममा सम्वोधन, अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने सरकारको निर्णय ।

0 16
कृष्ण ढकाल
बर्दघाट,चैत्र–७
चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने सरकारको निर्णयभएको प्रद्यानमन्त्रीले सम्वोधनका क्रममा बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन समेत आग्रह गर्नु भएको थियो । सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिन अग्रह गर्नु भयो ।

सरकारले चालेका कदमहरू ः–

· चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक  ।
· चैत ९ गते देखि १८ गतेसम्मको लागि नेपाल भित्रिने सबै अन्तर्रा्ष्ट्रिय हवाई उडानहरु स्थगित गरिएको छ ।
·  यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने  । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने  ।
· संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१    गतेसम्म बन्द ।
· मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द  ।
· विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित  ।
· महामारीको अवस्थालाई हेरी, थप कदमहरु पनि चाल्न सकिने  ।

Leave A Reply

Your email address will not be published.