Jilla Ban Notis

प्रदेश स्तरीय प्रशिक्षणमा सहभागी हुन नेकपा नवलपरासीको आग्रह ।

0 16
नवलपरासी, २ फागुन 
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)ले प्रदेश ५ को कोहलपुरमा आयोजना गर्न लागेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेकपा पश्चिम नवलपरासीले जिल्लाका सम्बन्धीत नेता कार्यकर्तालाई आग्रह गरेको छ ।
नेकपाले देशव्यापी रुपमा प्रशिक्षण दिन लागेको हो । प्रदेश ५ बाट शुरु गर्न लागिएको प्रशिक्षण यही फागुन ४ गते बाँकेको कोहलपुरमा आयोजना गरिएको छ । प्रशिक्षणमा पार्टीका अध्यक्ष, महासचिव लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य एवं सहईन्चार्ज बैजनाथ चौधरीले जानकारी दिनुभयो । प्रदेश ५ का करिव दुई हजार पाँच सय कार्यकर्तालाई एकैपटक प्रशिक्षण गर्न लागिएको उहाँले बताउनुभयो ।
प्रशिक्षणमा पार्टीका प्रदेश कमिटी सदस्यहरु, प्रदेश विभाग सदस्यहरु, जेष्ठ कम्युनिष्ट मञ्चका सवै सदस्य तथा सल्लाहकार, पार्टी जिल्ला कमिटीका सवै सदस्य, स्थानीय तहका प्रमुख÷उपप्रमुख, पार्टी स्थानीय तहका अध्यक्ष÷सचिव, जनवर्गीय संगठनका जिल्लाका संयोजक÷सहसंयोजकलाई प्रशिक्षणमा सहभागी हुन निर्देशन प्राप्त भएकोले सम्बन्धीत जिम्मेवारीमा रहेका सवैलाई प्रशिक्षणमा अनिवार्य सहभागी हुन नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारीले आग्रह गर्नुभएको छ । फागुन ४ गते ११ बजेदेखि शुरु हुने प्रशिक्षण सोही दिन नै सकिने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.