Jilla Ban Notis

प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीद्धारा बाढीडुवान क्षेत्रको स्थलगत अवलोकन ।

1 24

कृष्ण ढकाल
बर्दघाट,श्रावण–५

केहि दिन देखि परेको वर्षाका कारण नवलपरासी जिल्लाको सरावल गाउ“पालिका वडा न ५ , ६ र ७ कोे खडौना,मधौलिया, नौडिहवाका स्थानिय वासिन्दाहरु डुवानको समस्यामा परेका छन । त्यसैगरी उनीहरुले लगाएको हजारौं विघा खेतीयोग्य जमीन पानीको डुवानमा परेको छ ।

प्रदेश नं. ५ मा प्रदेश सभा सदस्यमा निर्वाचीत दिपेन्द्र कुमार अधिकारीले आज आफ्नो निर्वाचन क्षेत्रको अनुगमन गर्दै स्थानिय जनताहरुसंग भेटेर उनीहरुको समस्याको दिर्घकालिन समाधानका लागि के गर्न सकिन्छ ? भनेर सम्वन्धित वडाका वडाध्यक्ष तथा अग्रज स्थानियवासीहरुसंग संगै स्थलगत अवलोकन गर्नु भएको छ । स्थलगत अवलोकनका क्रममा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीसंगै,युवा संघ नेपालका जिल्ला संयोजक युवराज डुम्रेको युवाटोली र अनेरास्ववियूका जिल्ला संयोजक शुसान्त घिमिरेको विद्यार्थीटोली एवं संचारकर्मीहरुको समेत सहभागि रहेको थियो।

स्थलगत अनुगमनकै क्रममा स्थानिवासीहरुसंग कुरा गर्दै प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले आफ्नो निवार्चन क्षेत्रका जनताहरुको समस्याको समाधान गर्न आफु लागि परेको बताउदै तत्काल अब छिमेकि दुई गाउंपालिका पाल्हिनन्दन र सरावलका अध्यक्षसंग सहकार्यगरी निकाष निकाल्ने र उचित क्षेतिपूर्तिको ब्यवस्था गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी उहांले आगामि वर्ष स्थानिय झरहि खोलाको पानीलाई अमानिगञ्जको खोलामा मिसाउने र यता झरहि तथा धनेवा खोलालाई सफा गरेका केहि समस्या हल हुने देखिएकाले त्यस तर्फपनि सरोकारवालाहरुसंग छलफल गर्ने बताउनु भएको थियो ।

प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले प्रदेश सरकार मार्फत केन्द्रीय सरकारको पहलमा नेपाल र भारत सरकारविच छलफलगरी दिर्गकालिन समाधान खोज्न पहल गर्ने प्रतिवद्धता समेत गर्नु भयो ।

स्थलगत अनुगमनकै क्रममा सरावल गाउ“पालिका वडा न ५ , ६ र ७ का वडाध्यक्षहरुले अब झरही खोला र धनेवा खोलाको पानीको बहावलाई सहि तरीकाले ब्यवस्थापन गर्न सक्नेहो भने डुवानको समस्या ९० प्रतिशत कम हुने बताएका छन् ।

विगतका वर्षहरुमा पनि सोक्षेत्रमा यसरी नै डुबान हुदै आए पनि खेती तथा घरपालुवा जनावरहरुलाई खासै क्षेती नभएको तर यस वर्ष उद्योगको पानी बाढीआउंदा खोलेर खोलामा मिसाईदिएका कारणले केमिकलले गर्दा अहिले आफुहरुको खेती बढीनोक्सान भएको र वस्तुभाउलाई समेत रोग लागेको स्थानियवासीहरुको गुनासो रहेको थियो ।

यता प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीसंगै स्थलगत अनुगमनमा रहनुभएका युवा संघ नेपालका जिल्ला संयोजक युवराज डुम्रेले बर्षाै देखिको डुबानको समस्याको समाधानका लागि केन्द्रीय सरकारले समेत ध्यान दिनु पर्ने बताउदै उद्योगले केमिकल युक्त फोहर खोलामा फाल्ने कार्य तत्काल रोक्न पर्ने बताउनु भएको छ ।

त्यसैगरी अनेरास्ववियूका जिल्ला संयोजक शुसान्त घिमिरेले माथीवाट उद्योगले फालेको फोहरले तलका किसानहरुलाई समस्या भएकाले त्यस्ता कार्य नरोकिए आन्दोलन गर्ने बताउनु भएको छ ।

1 Comment
  1. yubraj says

    बर्दघाट 4 को त्रिबेनि रोड विद्युतको अफिस अगाडि निकास नभयर विद्युतको अफिस पछाडि को पलटिङ लापरबाही भयर निकास नहुनाले पुरानो गा बि स को बाटाे पुरै नागेर डुबानमा परेको छ यश मिडिया ले संबंधित निकाय को ध्यानाकर्षण गराउन आग्रह गर्दछु

Leave A Reply

Your email address will not be published.