Jilla Ban Notis

प्रदेश नं. ५ सरकारद्धारा आ.व.२०७७/०७८का लागि करिब ३८ अर्व रुपैयाँ बराबरको बजेट ल्याउने तयारी ।

0 16

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२६

प्रदेश नं. ५ को भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको अध्यक्षता र सभामुख पूर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यतामा प्रदेश यातायात गुरुयोजना तर्जुमा तथा आगामी आ.व.०७७/७८ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी छलफल कार्यक्रममा आज सम्पन्न् भएको छ । प्रदेश नं. ५ को रोल्पा, प्यूठान र रुकुम पूर्व जिल्लाका प्रदेश सभा सदस्यहरु र अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त छलफल कार्यक्रममा सम्पन्न भएको थियो । प्रदेश सभा सचिवालय प्रदेश नं. ५, बुटवलमा भएको छलफल कार्यक्रममा रोल्पा, प्यूठान र रुकुम पूर्व जिल्लाका यातायात सम्वन्धि गुरुयोजनाहरु र त्यसको अनुमानित लागतका वारेमाका वारेमा छलफल भएको बताईएको छ ।
यता
प्रदेश नं. ५ को सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि करिब ३८ अर्व रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश नं. ५ को अर्थतन्त्र र कृषि क्षेत्रको पुनरुत्थान गर्न तथा वैदेशिक रोजगारबाट फर्कने व्यक्तिहरुका लागि रोजगारी सिर्जना गर्नेगरी वजेट ल्याउने तयारी गरीएको आर्थिक मामिला तथा योजना मन्त्रालयको स्रोतले जनाएको छ । कोरोना महामारीबाट शिथिल हुनसक्ने अर्थतन्त्रको पुनरुत्थानलाई प्रथामिकतामा राख्दै कृषि उत्पादनको निरन्तरता र विदेशबाट फर्कन सक्ने श्रमशक्तिलाई रोजगारीको सिर्जनामा ध्यान केन्द्रीत गरेर बजेट बनाइदै छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ३६ अर्व ४१ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रस्तावित बजेटको आकार चालु आर्थिक वर्ष २०६७/७७ को भन्दा करिब सवा अर्व रुपैयाँले बढी हो। सरकारले प्रदेश सभामा जेठ १५ अगावै नीति तथा कार्यक्रम र असार १ गते बजेट पेस गर्ने छ ।

Leave A Reply

Your email address will not be published.