Jilla Ban Notis

प्रदेश नं. ५ को भौतिक पूर्वाधार विकास समितिको अनुगमन टोली बर्दघाटमा ।

0 23

कृष्ण ढकाल
बर्दघाट,पौष–१३
प्रदेश नं. ५ को भौतिक पूर्वाधार विकास समितिले नवलपरासी जिल्लामा संचालित आयोजनाहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा बर्दघाट नगरपालिका वडा नं. ७ मा रहेको वेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी आयोजनाको समेत अनुगमन गरेको छ । भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकारको नेतृत्वमा आएको टालीले वेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी आयोजनाको अनुगमन गरेको थियो । अनुगमन टोलीमा समितिका सदस्यहरु दिपेन्द्र कुमार अधिकारी,सहसराम यादव र धरम बहादुर श्रीवास्तव रहनु भएको थियो । त्यसैगरी प्रदेश सभाका अनुगमन ब्यवस्थापक एवं सचिवालय कर्मचारी विजय केसी.को समेत सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.