Jilla Ban Notis

प्रदेश नं.पाँचको नमाकरण गर्दा मगर समुदायको अपनत्व हुनेगरी नामाकरण गर्नु पर्ने मगर समुदायको माग ।

0 23

कृष्ण ढकाल
बर्दघाट,फागुन–१३
नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपरासीले प्रदेश नं.पाँचको नामाकरणगर्दा मगर समुदायको अपनत्व हुनेगरी नामाकरण हुनु पर्ने माग अघि सारेको छ । ५ नंम्वर प्रदेशका हरेक स्थानको मानव सभ्यता मगर सभ्यतासंग जोडीएकाले पनि प्रदेशको नमाकरण गर्दा मगर समुदायको अपनत्व हुनेगरी नामाकरण गर्नु पर्ने नवलपरासीका मगर नेताहरुले प्रदेश सरकारसंग माग गरेका छन् । उनीहरुले मंगलवार बर्दघाटमा पत्रकार सम्मेलनको आयोजनागरी सो कुरा बताएका हुन । अहिले प्रदेश सरकारले प्रदेश नंम्वर ५ को राजधानी र प्रदेशको नाम टुगोंमा पुर्याउने तयारी गरीरहदा मगर दिवस पनि परेकाले यहि उनीहरुले यस पटकको मगर दिवसलाई आफ्नो माग सहितको आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपरासीका जिल्ला अध्यक्ष डिबी थापा मगरको अध्यक्षता र जिल्ला सदस्य सन्तु गाहाको संचालन रहेको उक्त पत्रकार सम्मेलनमा जिल्ला,नगर तथा पालिका तहका मगर नेताहरुको उपस्थिती रहेको थियो । अहिलेको ३८ औं मगर एकता दिवस मनाई रहदा प्रदेश पाँचलाई मगरात प्रदेशको रुपमा स्थापना गर्नुपर्ने माग सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने क्रममा फागुन १३ गते बर्दघाट–२ चिसापानीमा पत्रकार सम्मेलन गरेर आफेनो विरोधका कार्यक्रमहरु सार्वजनिक गर्दै पहिलो चरणमा मगरात सहितको पहिचान सम्बन्धि भित्तेलेखन गर्ने, पत्रकार सम्मेलन गर्ने , नगर तथा गाउ भेला सम्मेलन गर्ने मगरातको पक्षमा लबिङ गर्ने, मोटरसाइकल ¥याली सहितको कोणसभा र सांस्कृतिक झांकी सहितको कोण सभा संचालन गर्ने उल्लेख गरिएको छ । त्यसैगरी ३८ औ मगर दिवस को अवसरमा नवलपरासीमा सुनवलको वडेरा र बर्दघाटको हरियाली नगरमा गरी जिल्लाको दुई स्थानमा कार्यक्रम गर्ने तयारी भएको छ । जस्मा बर्दघाटमा हुने कार्यक्रममा जिल्ला स्तरीय डोरितान प्रतियोगिता समेत हुने जिल्ला संघ दोरितान अध्यक्ष रितमान कामु मगर ले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.