Jilla Ban Notis

प्रतियोगितामा बिजेता बिधार्थीहरुलाई पुस्कार तथा प्रमाण पत्र बितरण

0 32

गौरीशंकर जयसवाल

परासी २९ भदौ
राष्ट्रिय बाल दिवसको अवसरमा माध्यमिक बिद्यालय स्तरीय निबन्ध प्रतियोगितामा बिजेता भएका बिधार्थीहरुलाई पुस्कार तथा प्रमाण पत्र सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीले बितरण गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीले बिपतमा बाल अधिकार को सुनिचिता हामी सबै साझा प्रतिबद्धता भन्ने शिर्षक भर्चुआल माध्यबाट गरेको माध्यमिक बिद्यालय स्तरीय निबन्ध प्रतियोगीताका बिजेताहरुलाई आज परासीमा पुस्कार तथा प्रमाण पत्र बितरण गरेको हो ।
प्रतियोगितामा प्रथम महाकवि देवकोटा मावि सुनवल का अमृता पाण्डे,द्धितीय वाक्वाणी मावि जर्गाह सुनवलका लक्ष्मी खवास तृतीय हुने ज्योती माविका सुनवलकै शैलेन्द्र पौडेल र सान्त्वनमा जनसेवा माविका दिया ढकाल,दाउन्नेदेबी मावि बर्दघाटका अंकिता पराजुली भएको सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख दिवाकर भण्डारीले जानकारी दिए ।
बिजेता हुनेहरुलाई क्रमश प्रथम ५ हजार द्धितीय ३ हजार तृतीय २ हजार र सान्त्वना हुनेहरुलाई एक÷एक हजार पुस्कार तथा प्रमाणपत्र बितरण गरिएको कार्यालय प्रमुख भण्डारीले बताए । पुस्कार तथा प्रमाण पत्र बितरण कार्यक्रम सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख दिवाकर भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर रायको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसी सबिधान सभासदस्य दुलारी हरीजन लगायतको सहभागिता रहेको थियो ।

यसै बिच राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला बाल संजाल नवलपरासको गठन तथा कार्य संचालन निर्देशिका पुस्तक बिमोचन गरिएको छ । जिल्ला बाल अधिकार समिती नवलपरासीले जिल्ला बाल संजाल नवलपरासीको गठन तथा कार्य संचालन निर्देशिका पुस्तक प्रकाशन गरेको पुस्ताक साबिधान सभासदस्य दुलारी हरिजन तथा नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले संयुक्त रुपमा बिमोचन गरेका हुन ।

Leave A Reply

Your email address will not be published.