Jilla Ban Notis

प्रतिनिधी सभा बिघटनको बिरुद्धमा परासीमा कांग्रेसले गर्यो बिरोध प्रर्दशन ।

0 16

गौरीशंकर जयसवाल

परासी १३ पुस
प्रतिनिधी सभा बिघटनको बिरोधमा नेपाली कांग्रेसले परासीमा बिरोध प्रर्दशन गरेको छ । आज नेपाली कांग्रेस पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं २ क्षेत्रीय कार्यसमितीले सदरमुकाम परासीमा सरकार बिरुद्ध र प्रतिनीधि सभा बिघटनको बिरोधमा प्रर्दशन गरेको हो । परासी बुद्ध चोक देखी निस्केको बिरोध प्रर्दश सदरमुकामको बिभिन्न स्थान हुदै बुद्धचोकमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले सरकारले देशमा अधिनायकबाद शैलीमा प्रतिनिधी सभा बिघटन गरेको भन्दै संसद बिघटन अलोतान्त्रिक र असंबैधानिक भएको बताए ।

सोही सभालाई सम्वोधनगर्दै नेपाली कांग्रेस प्रतिनीधी सभा निर्वाचन क्षेत्र नं २ का क्षेत्रिय सभापति एवं रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीले सबिधान बिपरीत प्रतिनिधी सभा बिघटन गरेको बताउदै असम्बैधानि भएको बताए । बर्तामान सरकार भष्ट्राचारमा लिप्त भएको र अब त्यसको प्रतिशोध कांग्रेसले लिने गुप्ताले बताए ।

नेपाली काँग्रेस नवलपरासी बर्दघाट सुस्ता पश्चिम संघिय निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा क्षेत्र (क)का क्षेत्रिय सभापति अमृत सिंह जि.सी.र प्रदेश सभा क्षेत्र ख का क्षेत्रिय सभापति दिनेशमणि पटेल लुम्बिनी प्रदेशका संसद बैजनाथ जैसवाल लगायतले बोल्दै संसद बिघटन अलोकतान्त्रिक र अप्रजातन्त्रिक भएको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.