Jilla Ban Notis

प्रतापपुर – ४ पचफेडामा आग्लागी हुदां ३ घर जलेर नस्ट ।

0 31

बर्दघाट,चैत्र–११
नवलपरासीको प्रतापपुर – ४ पचफेडा मा ग्यास सिलिन्डर लिगभएर आग्लागी हुदां ३ घर जलेर नस्ट भएको छ । उमेश राजभरको घरमा दिउसोंको समयमा आलु उसीन्ने क्रममा ग्याँस लिगभएर आग्लागी हुदा छिमेकमै रहेका राजकुमार राजभर, रविन्द्र राजभर र सदाले राजभरको घरमा समेत आग्लागी भएको थियो ।
आगलागि बाट ४ वटा घर पुर्ण रुपमा जलेको बताईएको छ । तर मानविय क्षति भने केहि पनि नभएको स्थानियवासीहरुले बताएका छन ।

तस्विरःधुब्र नारायण बानीया

उमेश राजभरको घरमा मुन्डनको कार्यक्रम रहेकाले आलु उसीन्ने क्रममा ग्याँस लिग भै भएको आग्लागीवाट २४ लाख बराबर को क्षती भएको हुनसक्ने स्थानियहरुले बताएका छन।
आगो नियन्त्रणका लागि रामग्राम नगरपालिका वाट दम्कल बोलाएको भएपनि द्धट्ना स्थल सम्म दमकल जान नसकेपछि स्थानियवासी र सुरक्षाकर्मीहरुले लामो समयपछि आगो निभाएको बताईएको छ।

Leave A Reply

Your email address will not be published.