Jilla Ban Notis

प्रतापपुर १ भिट्ठामा महा यज्ञ हुदै ।

0 23

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१९
प्रतापपुर गाऊपालिका वडा नं. १ र ३ को सिमानामा रहेको बाउन्नगढि कालिका मन्दिर भिट्ठा बर्गदवाँमा शुक्रवारवाट सत्तचण्डी महायज्ञ शुरुहुदैे छ । महा यज्ञको समुद्घाटन सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले गर्ने कार्यक्रम तयगरीएको महा यज्ञ सम्पादन समितिका सचिव रामचन्द्र चौधरीले बताउनु भएको छ ।
बाउन्नगढि कालिका मन्दिर संरक्षण र त्यसको भौतिक पूर्वाधार विकास निमार्णका लागि गत वर्ष समेत महायज्ञ आयोजना गरीएको बताउदै यसवर्ष पनि यहि मंसिर २० गते शुक्रबार देखी मंसिर २८ गतेसम्म श्री १००८ सत्तचण्डी महायज्ञको आयोजना गरीएको आयोजकले पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिएको छ । महायज्ञमा गोरखनाथ विद्यापिठ गोरखपुका शास्त्रि पण्डित यज्ञाचार्य आनन्द दुबे र नेपालका श्याम शरण जी महाराजवाट सगिंतमय कथा प्रबचन हुने बताईएको छ । महायज्ञवाट करिब ३५ लाख रकम संकलन गरिने लक्ष्य लिइएका आयोजकले जनाएको छ ।
बाउन्नगढि कालिका मन्दिर संरक्षण ब्यवस्थापक संस्थाको आयोजनामा हुन लागेको महायज्ञ सुभारम्भपूर्व विहान मन्दिर क्षेत्रमा १ करोड १० लाखको लगानीमा निमाणर््ा हुनलागेको बहुद्धेश्यि भवनको शिलान्यास प्रतापपुर गाऊपालिका अध्यक्ष राजकुमार शर्माले गर्ने कार्यक्रम रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.