Jilla Ban Notis

प्रतापपुर र सुस्ता गाउँपालिकाले भूमि आयोगसँग समझदारी पत्रमा हस्ताक्षर गरे

0 20

कृष्ण ढकाल
बर्दघाट,फागुन–२१
नवलपरासी जिल्लाका सुस्ता र प्रतापपुर गाउँपालिकाले आज भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या समाधानका लागि जिल्लामा गठित भूमिसम्बन्धी समस्या समाधान आयोगसंग समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

दुबै पालिकाका अध्यक्षद्धय राम प्रसाद पाण्डे र कार्यवहाक अध्यक्ष अञ्जु चौधरी र आयोगकी जिल्ला अध्यक्ष बिमला अर्याल विच छुट्टा–छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ।
आ–आफ्नो गाउँपालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या समाधानका लागि दुबैपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

हस्ताक्षर कार्यक्रममा बोल्दै आयोगकी अध्यक्ष अर्यालले पालिकामा रहेका सार्वजनीक जग्गाहरु लगाएत भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासको स्पष्ट लगत सङ्कलन गरेर प्रमाणीकरण गरी आयोगमा अभिलेख उपलब्ध गराउन अध्यक्ष अर्यालले पालिका अध्यक्षद्धयलाई आग्रह गर्नु भएको थियो ।

भूमिहीनको स्पष्ट लगत सङ्कलन गरेर प्रमाणीकरण सहित अभिलेखीकरण गर्नका लागि स्थानिय पालिकाले नै मुख्य भूमिका खेल्नका लागि अर्यालले आग्रह गर्नु भएको थियो ।
आज प्रतापपुर र सुस्ता गाउँपालिकामा भएको छुट्टा–छुट्टै समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या समाधान आयोगका जिल्ला विज्ञ सदस्य बद्रीमान श्रेष्ठ र जिल्ला सदस्य कृष्णप्रसाद बगाले लगाएत गाउंपालिकाका कार्यपालिका सदस्यहरु ,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.