Jilla Ban Notis

प्रतापपुर गाउँ पालिकाको १०औँ गाउँसभा सम्पन्न् ।

0 82

प्रेम चन्द रौनियार
प्रतापपुर,अशोज ४

पश्चिमी नवलपरासीको प्रतापपुर गाउँ पालिकाको १० औँ गाउँसभा २०७८ को वार्षिक वजेट कार्यक्रम आज सम्पन्न भएको छ । प्रतापपुर ९ स्थित त्रिभुवन क्याम्पसको नेपाल भारत मैत्री भवनको सभाहलमा सम्पन्न भऐको हो ।
प्रतापपुर गाउँ पालिकाको १० औँ गाउँसभाले आर्थिक वर्ष २०७८र२०७९ का लागि क्षेत्र गत रुपमा आर्थिक विकास तर्फ रु ७ करोड ४७ लाख १० हजार र सामाजिक विकास तर्फ रु ३१ करोड ३० लाख ८३ हजार ५ सय रुपैया विनियोजन गरेको छ ,


तयस्तै पुर्वाधार तर्फ रु २२ करोड ७६ लाख ९५ हजार ३ सय ३ रुपया तथा सुसान तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ रु १ करोड ४२ लाख ८२ हजार १ सय ४७ रुपया गरि जम्मा रु ७४ करोड १७ लाख ४३ हजार ९ सय ५० रुपया विनियोजन गरेको प्रतिवेदन प्रतापपुर गाउँ पालिकाअध्यक्ष अन्जु कुमारी चौधरिले सभामा प्रस्तुत गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.